npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

अनलाइन टीभी नेपाल 1 day ago

काठमाडौं l नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको वार्ता सहमति बिना टुंगिएको छ। सहभागी पक्षहरूबीच विवादित विषयमा एकमत नबनेपछि बैठक निष्कर्षविहीन बनेको हो।

स्रोतका अनुसार वार्ताका क्रममा वातावरण तिक्त बन्दै गएपछि सहमति जुट्न सकेन। केही सहभागीहरूको भनाइमा, छलफलका क्रममा सभापति देउवाको व्यवहार ‘कठोर र असहिष्णु’ देखिएको दाबी गरिएको छ। तर यसबारे आधिकारिक प्रतिक्रियाका लागि देउवा पक्षले केही सार्वजनिक गरेको छैन।

बैठकमा सभापति देउवा पक्षबाट मधेस प्रदेश संगठन विभाग प्रमुख प्रकाश शरण महत, पूर्वमन्त्री मिनेन्द्र रिजाललगायतका नेताहरू सहभागी थिए। वार्ता अब कसरी अघि बढ्ने भन्ने विषयमा दुवै पक्षले भने औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।

अब विशेष महाधिवेशनमा निर्वाचनको प्रक्रिया तीव्र रुपमा अगाडि बढ्नेछ।

Read more news from Online Tv Nepal

Explore by Source or Category