npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

कारबाहीपछि विश्वप्रकाश शर्माले भने- कांग्रेस र देश रूपान्तरणको अभियानबाट पछि हट्दैनौँ

न्युज अफ नेपाल 16 hours ago

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको कारबाहीका बाबजुद आफूहरू कांग्रेस र देश परिवर्तन गर्ने अभियानमा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।

नेपाली कांग्रेसले उनलाई तथा अर्का महामन्त्री गगन थापालाई कारबाही गर्ने निर्णय सार्वजनिक गरेलगत्तै शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका हुन्। उनले लेखेका छन्, “मेरो भनाइ छोटो छ—गगन थापा र म दुवै कांग्रेस र देशलाई बदल्ने प्रयासमा अडिग छौँ। विधानअनुसार भएको विशेष महाधिवेशनले देशलाई सही दिशा दिएको छ, अब सही नेतृत्व पनि दिनेछ।”

शर्माले सहमतिका लागि नेतृत्वसमक्ष प्रस्तुत गरिएको आठबुँदे प्रस्तावसमेत सार्वजनिक गर्दै ती बुँदामध्ये कुन कांग्रेस वा देशको हितविपरीत थियो भनेर प्रश्न उठाएका छन्। पार्टी सुधार र नेतृत्व रूपान्तरणका लागि सुरु गरिएको पहललाई कारबाहीले रोक्न नसक्ने सन्देश उनको प्रतिक्रियामा स्पष्ट देखिएको छ।

Read more news from News of Nepal

Explore by Source or Category