npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

नेकपा एमाले रसुवाबाट महाधिवेशनका लागि ८ प्रतिनिधि चयन 

न्युज अफ नेपाल 16 hours ago

धुन्चे, रसुवा। 

नेकपा एमालेकाे ११ औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् । पार्टीकाे जिल्ला कमिटीले खुला,महिला,दलित तथा युवाकाेटा गरेर कुल ८ जना प्रतिनिधि छनौट गरेको हो ।

खुला तर्फ कैसाङ नुर्पु तामाङ,सुरेन्द्र राज लम्साल,छाेवाङ तेन्जिङ तामाङ र कर्णेल तामाङ रहेका छन् । महिला तर्फ चमेली गुरूङ,सुजना लामा छन्  भने दलित तर्फ चमेली सुनुवार र युवा तर्फ कुमार नगरकाेटि चयन भएका छन्।  

नेकपा एमाले रसुवाले पहिलो पटक विगतमा सहमति र नेतृत्व कै मनाेनयनमा सहमति रहने आन्तरिक प्रक्रियालाई यस वर्ष पहिलो पटक मतदान मार्फत पारदर्शी र खुला बनाई शनिवार मतदान गरी प्रतिनिधि चयन गरेको हो ।

आसन्न ११ औँ महाधिवेशनका लागि रसुवामा सर्वसम्मतले प्रतिनिधि छनौट गर्न सफल भएको  नेकपा एमाले रसुवाका उपाध्यक्ष कैसाङ नुर्पु तामाङ ले जानकारी दिए। 

Read more news from News of Nepal

Explore by Source or Category