रास्वपा समानुपातिक सांसदका लागि बेलायतमा आवेदन आव्हान
लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यको लागि बेलायतमा पनि आवेदन आव्हान गरिएको छ ।
रास्वपा प्रवास समन्वय विभाग यूकेका सभापति पवन शर्माले एक वक्तव्य जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई डिसेम्बर ५ तारिखभित्र आवेदन पठाउन आव्हान गरेका छन् ।
पार्टीमा आवद्ध, सक्रिय रुपमा योगदान गरिरहेका र पार्टी सिद्धान्तप्रति प्रतिवद्ध रहेका इच्छुक व्यक्तिहरुलाई आवेदनका लागि आव्हान गरिएको हो ।
आवेदनका क्रममा पूरा नाम, सम्पर्क नम्बर र इमेल ठेगानासहितका विवरणसंगै संक्षिप्त परिचय, अनुभव र योग्यतासहितको बायोडाटा तथा पार्टीप्रतिको प्रतिवद्धता र दृष्टिकोण समेटिएको छोटो वक्तव्य समेत पेश गर्न आग्रह गरिएको छ ।
समयभित्रै प्राप्त आवेदनहरुलाई पार्टीको नीति, संगठात्मक संरचना र प्रक्रियाअनुसार अध्ययन गरी योग्य उममेदवारलाई सिफारिश गरिने विभागले जनाएको छ ।
फागुन २१ मा तय निर्वाचनका लागि पार्टीको केन्द्रीय तहमा आवश्यक तयारी र उम्मेदवार छनोटको प्रक्रिया प्रारम्भ भइसकेको वक्तव्यमा उल्लेख छ ।
पार्टीले राष्ट्रिय राजनीतिमा नयाँ नेतृत्व, पारदर्शी चयन प्रणाली र प्रवास्थित सदस्यहरुको सहभागितालाई प्राथमिकता दिंदै समानुपातिक सूची निर्माणको लागि खुला तथा निष्पक्ष प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
रास्वपा यूकेको सम्पर्क
इमेल: contactrspuk@gmail.com
टेलिफोन: 07777136070
वेबसाइट: www.onld.co.uk