npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित

राजधानी समाचारदाता 2 hours ago

राजविराज । औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ को खारेजीका मागँ गर्दै यहाँका औषधी ब्यवसायी आन्दोलित भएका छन ।

उक्त ऐनले आफुहरुको व्यवसायमा प्रतिकुल असर पार्ने भन्दै औषधी ब्यवसायीहरु ऐन खोरजीको माँग गर्दै आन्दोलनमा उत्रेका हुन ।

यसैक्रममा आईतवार नेपाल औषधी व्यवसायी संघ सप्तरीको अगुवाईमा गठित संंर्घष समितीले राजविराजमा प्रर्दशन गर्नूका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

हातमा कालो पट्टी बाँधेर गरिएको प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको औषधी व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापन पत्र बुझाउदै सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

ज्ञापन पत्रमा २०८२ साउन १४ गते नेपाल राजपत्रमा प्रकाशित औषधी ऐन २०३५ को दफा ११ को दफा ३ संशोधन र उपदफा ५ ले औषधी ब्यवासायी, पशुपक्षी र आयुर्वेदिक औषधी ब्यवसायी मारमा पर्ने भन्दै सोको खारेजीको माँग गरिएको छ ।

माँगको वेवास्ता गरिए सशक्त आन्दोलनमा जाने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिइएको छ ।

The post औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category