राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
१९ र २० गतेका काठमाडौं–दोहा–काठमाडौं उडान रद्द
काठमााडौं । इरान र अमेरिका–इजरायलबीचको युद्धका कारण मध्यपश्चिम एसिया गन्तव्यका उडान धमाधम रद्द भइरहेका छन्।
सोही सिलसिलामा नेपाल वायुसेवा निगमले १९ र २० गतेका काठमाडौं–दोहा–काठमाडौं उडान रद्द गरेको हो। निगमले यसबाट यात्रुलाई पर्न गएको असरप्रति क्षमा मागेको छ।
दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान’bout विमानस्थल आउनुअघि नै पूर्वजानकारी लिन समेत निगमको आग्रह छ।
यसका लागि यात्रुले निगमको वेबसाइट वा सामाजिक सञ्जालबाट जानकारी पाउन सक्नेछन्। अत्यावश्यक सोधपुछको आवश्यकता भएमा ९८५१२७३४५९ वा ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ।
The post १९ र २० गतेका काठमाडौं–दोहा–काठमाडौं उडान रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....