बालेनका बुवाको निधन
अनलाइन टीभी नेपाल
|
6 hours ago
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनका बुवा रामनारायण साहको निधन भएको छ । उपचारका क्रममा उनको सोमबार बिहान निधन भएको हो । पिसाबमा संक्रमण देखिएपछि साहलाई आइतबार बिहानै नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो।
भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा उनको सोमबार निधन भएको हो । अस्पताल स्रोतका अनुसार साहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको र त्यसको असर मस्तिष्कमा देखिएको थियो । जसकारण उनी अचेत अवस्थामा थिए । साहलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान सिभिल अस्पताल पुगेकी थिइन् ।