npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

ग्यास लिंक घटनाले कसेरा परिवारमा शोक

राजधानी समाचारदाता 5 hours ago

सप्तरी । राजविराज ४ का वडा अध्यक्ष एवं यातायात व्यवसायी दिनेश प्रसाद साह कसेरा र उनका परिवार शोकमा डुबेका छन् । मंगलबार होलीको रमझममा सबै डुबेका बेला कसेरा परिवारमा भएको एक घटनाले परिवारजनलाई शोकमग्न बनाएको हो ।

जसकारण परिवारका सबै सदस्य बिक्षिप्त छन् । दश दिनअघि भान्सा कोठामा ग्यास लिंक हुँदा भएको आगलागिले साहका कान्छा छोरा २६ वर्षिय मिथिलेश जलेर घाइते भएका थिए । उनलाई तत्कालै छिन्नमस्ता अस्पताल पु¥याई प्रारम्भिक उपचार गरिएको थियो । तर अवस्थामा सुधार नभएपछी किर्तिपुरस्थित जलन अस्पताल पु¥याइएको थियो ।

उपचारकै क्रममा सोमबार राती उनको निधन भएको हो । परिवारजनका अनुसार आइसिइयुमा राखेर उनको उपचार चलिरहेको थियो । स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको थियो । तर अचानक सोमबार उनमा निमोनिया देखिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सोमबार मध्य रात उनको मृत शरीर काठमाडौंबाट ल्याइएपछी घरमा रुवावासी चलेको थियो । मंगलबार बिहान निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका स्थानियवासीको आँखा आसुले भरिएका थिए ।

घरमा परम्परागत संस्कार सकेपछी मंगलबार नै उनको कोशी ब्यारेज घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा भतिजा बिनितले दागबत्ति दिएका थिए । शिलिण्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना पटक पटक दोहरिन थालेकाले यसतर्फ सबै सचेत रहनु पर्ने जानकारहरुको सुझाव छ ।

The post ग्यास लिंक घटनाले कसेरा परिवारमा शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category