npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

एनआरएनएलाई राजनीतिक दलको नबनाउन सञ्चारमन्त्री खरेलकाे आग्रह

न्युज अफ नेपाल 21 hours ago

काठमाडौँ।

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए)लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन्।

काठमाडाैंमा आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताए।

उनले एनआरएनएका अभियन्ताहरु राजनीतिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए। स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाइ छ। उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए।

मन्त्री खरेलले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताएका छन् ।

Read more news from News of Nepal

Explore by Source or Category