Clickmandu
अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी भागमा रहेको स्टकटनमा शनिबार राति एक पारिवारिक जमघटमा १४ जनामाथि गोली चल्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोलीकाण्ड एक बालकको जन्मदिनको पार्टीमा भएको स्टकटनका उपमेयर जेसन लीले फेसबुकमा लेखे ।
‘के भयो भन्ने थाहा पाउन म कर्मचारी र सार्वजनिक सुरक्षा अधिकारीहरूसँग सम्पर्कमा छु र उत्तरका लागि दबाब दिनेछु,’ उनले लेखे ।
स्थानीय समयअनुसार साँझ ६ बजेभन्दा केही अघि १९०० ब्लक, ल्युसाइल एभेन्यू नजिक गोली चलेको खबर आएको रिपोर्ट आएको प्रहरीले जनायो ।
सान योआक्विन काउन्टी शेरीफ अफिसले एक्समा लेख्यो, ‘अहिलेसम्म लगभग १४ जना व्यक्तिलाई गोली लागेको पुष्टि भएको छ र ४ जनाको मृत्यु पुष्टि भएको छ ।’
‘यो घटनाको जानकारी सीमित छ । प्रारम्भिक संकेतले यो लक्षित घटना हुन सक्ने देखाउँछ । अनुसन्धानकर्मीहरू सबै सम्भावनाहरूलाई जाँचिरहेका छन्,’ उनीहरूले थपे ।
सरकारी निकायहरूले अहिलेसम्म आक्रमणकारीबारे कुनै विवरण दिएका छैनन् ।