Clickmandu
क्रिकेटर फाप डु प्लेसिस एनपीएल खेल्न आज काठमाडौं आइपुग्ने

विराटनगर । दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने सोमबार(आज) साँझ काठमाडौं आइपुग्ने भएका छन् ।
उनी विराटनगर किङ्ग्सको जर्सीमा बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिने छन् ।
बुधबार विराटनगर किङ्ग्सले आफ्नो छैटौं लिग म्याच लुम्बिनी लायन्सविरुद्ध खेल्दै छ।
विराटनगर किङ्ग्सका प्रशिक्षक दीपेन्द्र चौधरीले क्लिकमान्डुसँग भने, ‘त्यो म्याचमा दक्षिण अफ्रिकी स्टार डु प्लेसिसलाई दर्शकले विराटनगर किङ्ग्सको जर्सीमा हेर्न पाउने छन् ।’
उनले अब विराटनगर किङ्ग्सले खेल्ने बाँकी एनपीएलका सबै खेल खेल्ने छन् । विराटनगरले शनिबार अन्तिम लिग म्याच सुदूरपश्चिम रोयलसँग खेल्ने छ ।
विराटनगरले यो सिजनमा खेलेका पाँच लिग म्याच मध्य चारमा जित र एकमा हार व्यहोरेर प्ले अफ सम्भावनालाई बलियो बनाएको छ । उसले अब बुधवार लुम्बिनी र शनिबार सुदूरपश्चिम रोयल मध्य एकलाई हराए प्ले अफमा स्थान पक्का गर्ने छ ।