राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
धरान उपमहानगर प्रमुख राई सम्मानित
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।
किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उनलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
उपमहानगरपालिका प्रमुख राईलाई रु दुई लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै उनले आफू सधैँ श्रममा विश्वास गर्ने बताए ।
“म श्रम र कर्ममा विश्वास गर्छु । साकेला सिली पनि श्रम नै हो जस्तो लाग्छ । धान रोप्ने, काट्ने, कोदो रोप्ने जस्ता कृषि कर्महरू हाम्रो पिता पुर्खादेखि चलिआएका अभ्यास हुन्”, उनले भने ।
The post धरान उपमहानगर प्रमुख राई सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....