npl.977 Nepal News Stream

नेपालीपोष्ट logo नेपालीपोष्ट

दार्जिलिङ पहाडको अवस्था : यतौ नष्ट तितौ भ्रष्ट

नवीन पौड्याल 1 month ago

आम नागरिकको दृष्टिबाट हेर्दा हाम्रो पहाड चारैतिरबाट क्षतिग्रस्त हुँदैछ। प्रकृतिले यति सुन्दरता दिएको, हराभरा शश्य श्यामला भएको सुन्दर ठाउँ। यहाँका डाँड़ा-काँड़ा, हरियाली, बन-जङ्गल, चियाबारी, रम्य गाउँ, शान्त परिवेश, आनन्दको जलवायु भएको ठाउँ। प्राकृतिक सुन्दरता, सामाजिक सुव्यवस्थितता, सांस्कृतिक बहुलता, भोटो लाप्चे र गोर्खालीको त्रिकोणीय सामाजिक संरचनाले युक्त समाज, सन्तुलित सामाजिक स्थिति भएको लोभलाग्दो ठाउँ हो।

दार्जिलिङ पहाडको अहिलेको अवस्था अरूका निम्ति आनन्दित भए पनि हाम्रा लागि कारूणिक बन्न पुगेको छ। हाम्रो हामी त जति समय बित्दै गयो उति उति खिँइदो अवस्थामा पुग्दैछौं।हाम्रो सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, अनुशासन, विश्वसनीयता आदि सर्वत्र क्षेत्रमा बिग्रँदो अवस्था छ। चारैतिरबाट गए गुज्रेको अवस्था छ। घर घर समस्याग्रस्त बनेका छन्।रोग, भोक, शोकले पीडित छौं।

भौतिक पूर्वाधारका क्षेत्रमा पनि हामी पछि पर्दैछौं। हाम्रोतिरको बाटाघाटा लथालिङ्गर भताभुङ्ग रहेका छन्। जे कुरामा पनि लटरपटर टालटुल खालको छ। हाम्रोतिरका सडकहरू खाल्डाखुल्डी बढी भएका सडकमा खोला बन्ने क्रम, सडकमा नाली नबनिने लथालिङ्ग खालका छन्। हाम्रा वरिपरिकै परिदृश्य हेर्दाखेरि न नगरपालिकाहरूले पूर्ण रूपले काम गरेजस्तो लाग्छ, न गाउँ पञ्चालयले काम गर्न पाउँछन् जस्तो लाग्छ। गाउँपालिका रनगरपालिकाको शक्ति र सीमा कति हुन्छ तर जनतालाई थाहा छैन। नगरपालिकाले चाहे धेरै काम गर्न सक्छ। नगरपालिका पूर्णाङ्गी बोर्ड नभएर कामचलाउ बोर्डले चलाउने चलन हाम्रोतिर मात्रै हुन्छ।

राजनैतिक क्षेत्रमा पनि हामी कमजोर हुँदै जाँदैछौं। ठुलो आन्दोलन गरेर जिल्ला परिषदभन्दा कम अधिकारको दागोपाप पाएछौं। त्यसपछिको आन्दोलनले झन दागोपाप भन्दा कम अधिकारको जिटिए पाएछौं। तेस्रो आन्दोलनको परिणामस्वरूप जिटिएभन्दा कम अधिकार पाएको जिटिए-२ पायौं। अब फेरि जिल्ला परिषदमा नै पुग्दैछौं। खोदा पहाड निकला चपहाको स्थितिमा पुगेका छौं। पहाडमा हाम्रा पकड दिनानुदिन खुस्किँदैछ। ठुलो चौरमा बाख्रालाई पगाह लाउँदा छोटो डोरी लगाएसरह हाम्रो अधिकारको डोरी पनि बिस्तारै छोटो हुँदैछ। बिस्तारै हामी चेपारामा पर्दैछौं।

दार्जिलिङ पहाडको शैक्षिक स्थिति पनि झन बिग्रँदो छ। न परीक्षाको माध्यमबाट शिक्षकको नियुक्ति हुन्छ न योग्यले शिक्षकता पाउँछन्। शिक्षिक नियुक्ति पनि सटाकसुटुक, चेपचाप, ठेलठाल गर्ने चलन भएको जनगुनासो छ। पहाडका विद्यालयहरूको अवस्था खँस्कदो छ। सरकारी विद्यालयहरूमा विद्यार्थी घट्दो छन्। निजी विद्यालयहरूको गरिमा पनि घट्दो छ।

पहाडको भौगोलिक अवस्था पनि डावाँडोल छ। पहिरो, टिस्टा, रङ्गीत, रेली, बालासन आदि नदीहरूले सोहोरेका तानेका गाउँठाउँ छन्। पहिराले पुरेर धनजनको क्षति हुने गर्छन्। पीडा व्यथाले जेलिएका छन्। बर्खा ऋतुको आगमन हुनु भनेको नै हाम्रो समस्याको आगमन भएको भन्दा हुन्छ। बर्खामा हाम्रोतिर सडक बढी नै भत्कन्छन्। सड़क खोतलिएर खाल्डा खुल्डी बन्दछन्। सडकमा पानी बग्छ, अन्यत्र जाँदा समेत बिघ्न बाधा पर्दछन्। कालापानीसरह बिजोक झेल्नु पर्छ। राशिन पानी, सब्जीमहङ्गो पर्छन्, बिजुली गुम हुन्छ। प्राकृतिक प्रकोपको कारण सरकार होइन तर सडक आदिको गुणस्तरीयता भने कमजोरीले गर्दा पनि यस्ता संकट निम्त्याउने काम हुन्छ।

हाम्रो आर्थिक अवस्था पनि सन्तोषजनक छैन। यहाँ चियाबाहेक अन्य कारखाना छैन। अहिलेसम्म पनि हामी व्यवसायिक रूपमा सचेत छैनौं। व्यापारिक क्षेत्रमा हाम्रो उपस्थिति र सचेतता थोरै नै छ। व्यापार गर्दा हामी पछौटे छौं। हाम्रा ठुल्ठुला व्यापारिक प्रतिष्ठान अति थोरै छन्। हामी राम्रो क्रेता भयौं तर सफल बिक्रेता हुनसकेका छैनौं। हामी दिने मात्र भयौं लिने भएनौं। हामी उडाउने भयौं, कमाउने भएनौं। हामी थोरै पैसा कमाए अलमस्त भएर जीवन गुजार्छौं। हामी सामान्य रूपमा अझैसम्म निम्न र निम्न मध्यमवर्गीय आर्थिक अवस्थामा छौं। न कमाउन सक्छौं न जमाउन नैं। न त कम्मर कसेर व्यापार गर्नसक्छौं। हामी त साना साना कुरामा नै रमाउन सक्छौं तर गुमाउन पछि पर्दैनौ। आर्थिक क्षेत्रमा हाम्रामा चेतना अझै पसेको छैन। हाम्रो कमाइ के कुरामा खर्च हुँदैछ, त्यसबारे हामीलाई ज्ञान छैन। हाम्रो जीवन शैली नै हाम्रो बाधक हो। हामी मेहनत गर्न पछि हट्छौं, आफ्नो ठाउँमा काम गर्न लाज मन्छौं, कुन कुरा किन्नुपर्ने, कस्तो समाचार सुन्नुपर्ने कस्तो कुराको अनुकरण गर्नुपर्ने, कस्तो चिज खानुपर्ने, कुन कुरा नखानुपर्ने केही सचेत छैनौं। हामीले धेरै कुरा सिक्नुपर्नेछ। नत्र हामी अधोगतितिर लाग्दछौं।

यति सुन्दर ठाउँको अवस्था देख्दा हाम्रो मन कुँडिन्छ। आम नागरिक भएर हेर्दा हामी भारत जस्तो विकसित देशमा कि मध्युगीन भारतमा छौं भन्ने कुरामा दोधारमा पुग्छौं। भौतिक पूर्वाधारका क्षेत्रमा पनि हामी पछि पर्दैछौं। हाम्रोतिरको बाटाघाटा लथालिङ्गर भताभुङ्ग रहेका छन्। जे कुरामा पनि लटरपटर टालटुल खालको छ। हाम्रोतिरका सडकहरू खाल्डाखुल्डी बढी भएका सडकमा खोला बन्ने क्रम, सडकमा नाली नबनिने लथालिङ्ग खालका छन्। हाम्रा वरिपरिकै परिदृश्य हेर्दाखेरि न नगरपालिकाहरूले पूर्ण रूपले काम गरेजस्तो लाग्छ, न गाउँ पञ्चायतले काम गर्न पाउँछन् जस्तो लाग्छ। गाउँपालिका र नगरपालिकाको शक्ति र सीमा कति हुन्छ त्यो जनतालाई थाहा छैन। नगरपालिकाले चाहे धेरै काम गर्न सक्छ। नगरपालिका पूर्णाङ्गी बोर्ड नभएर कामचलाउ बोर्डले चलाउने चलन हाम्रोतिर मात्रै हुन्छ।

अहिले प्रचलित भइरहेको भैयाको गीतबारे निकै चर्चा चल्यो। यसमा अन्य कसैलाई नराम्रो भनिएको छैन तर हामीलाई नै धिक्कारिएको छ। व्यापारका सम्भावना रहेका सबै कुरामा हामी पछि परेका छौं। ससाना उद्योग-धन्धा, व्यापार, हाम्रा दैनिक आवश्यकताका कुराहरू, कारीगरी सबै सबैमा हामी कमजोर भएका छौं। आफ्नो काम गर्नो जाँगर, सिप, कौशल, बुद्धि नभएपछि हामी ससाना कुरामा पनि अर्काको भरमा पर्नुपर्दैछ। यसो गर्दा हामी आफैंले धेरै कुरामा गुमाउँदैछौं। हाम्रा युवाहरू जीवन धान्ने उपाय नदेखेर पलायन भैरहेका छन्। अर्काको ठाउँमा दुःख गर्छौं तर त्यही दुःख आफ्नो ठाउँमा गर्न सक्दैनौं। हामी आफ्नो ठाउँलाई मरूभूमि देखेर अन्य मरूभूमि भएको देश- ठाउँतिर जान्छन् तर अरूतिरका मान्छेहरू हाम्रो ठाउँलाई सुनको कचौरा देखेर यता आउँछन्। अब जाग्नु पर्छ।अब आर्थिक सुधार गर्नु आफैं कम्मर कस्नुपर्छ।

Read more news from नेपालीपोष्ट

Explore by Source or Category