npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

बलरा नगरपालिकाको तालिम घोटाला प्रकरणमा अख्तियारद्वारा आरोपपत्र दायर

न्युज अफ नेपाल 5 hours ago

काठमाडौँ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकामा किशोरीहरूको लागि खेलौना बनाउने तालिमका नाममा भएको अनियमिततामा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरिएको भनिएको उक्त तालिम ३० कार्यदिनको हुनुपर्नेमा वास्तविक रूपमा जम्मा ५ दिन मात्र सञ्चालन भएको, सहभागीहरूको झुट्टा हस्ताक्षर तथा नक्कली कागजात तयार गरी रु. ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी लिइएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको हो।

नगर प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखापाल तथा गैरसरकारी संस्थाका पदाधिकारीहरूको आपसी मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ।

Read more news from News of Nepal

Explore by Source or Category