राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
रास्वपासँगको एकतामा साझाका मिलन पाण्डे सहभागी नहुने
काठमाडौँ। विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन् ।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यो एकीकरणमा सामेल छैन।’ अब केही समय मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने पनि उनको घोषणा छ ।
‘अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’ उनी लेख्छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’
आज मात्रै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदै छ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणा सभा आयोजना गरिएको छ । एकता घोषणा सभा अगाडि नै पाण्डेले आफ एकीकरण प्रक्रियामा सहभागी नरहेको बताएका हुन् ।
The post रास्वपासँगको एकतामा साझाका मिलन पाण्डे सहभागी नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....