नेपालीपोष्ट
जेन जी विद्रोहको प्रादुर्भाव,कारण,असर र प्रवृत्तिहरु
(१) पृष्ठभूमिः
म अहिले मेरो मातृभूूमिबाट हज्जारौं कोश टाढा रहेको हाम्रो मित्रराष्ट्र अमेरिकाको भर्जिनिया राज्यबाट मेरो मुलुकमा भइरहेका विध्वंशको दुर्दान्त कथा मुकदर्शक भएर हेरिरहेकोछु । मुलुक छोड्दै गर्दाका दृष्यहरुले मुलुकमा कुनै वेला यस्तो विग्रह देखिन्छ भन्ने मलाई आभाश थियो नै । जुन साह्रै दुखद् छ ।
नेपालको इतिहासमा अहिले यी दुइ धर्मग्रन्थका श्लोकहरु निक्कै काययावी देखिएका छन् ।
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानम् सृज्याम्यहम् ।।”(श्रीमद्भगवद्गीता श्लोक ४।७)
“हे अर्जुन, जबजब धर्ममा हानि हुन्छ र अधर्मको वृद्धि हुन्छ तवतव म प्रकट हुन्छु ।
“न निर्मिता केन न दृष्टपूर्वा न श्रुयते हेममयी कुरंगी ।
तथापि तृष्णा रद्दुनन्दनस्य विनाशकाले विपरीत बुद्धिः ।।” (चाणक्य नीतिशास्त्र, अध्याय १६)
न कहिले बनाएको, न कसैले कहिले देखेको, न कसैले सुनेको ? सुनको हरिण हुन्छ र ? तर रामलाई विनाशको समयमा बुद्धि विपरित हुँनाले त्यसको पछि लागे । जेन्जी पुस्ताले भरखरै नेपालमा छेडेको विद्रोह र त्यसमा पुराना नेताहरुको बुद्धिका कारण ठूलो धन जनको क्षति व्यहोर्नु परेको छ ।
अतिशयोक्ति हुँदैन भने अहिले जेन जी पुस्ता द्वापर युगका कृष्णझैंं उदाएका छन्, अधर्मै अधर्म गरिरहेका पुराना दलहरुको दम्भ नाश गर्न सुरिएर लागिपरेका छन् । शुरुमा उनीहरुको माग केवल कुशासनको नाश मात्र थियो, सत्तानै उलट पुलट कदापि थिएन । यत्रो विनाशको परिकल्पना पनि गरेका थिएनन् उनीहरु आफैंले ।
संसारको इतिहासमा हरेक पुस्ताले एउटा नयाँ चुनौती भोग्ने र परिवर्तन खोज्ने गरेको छ । चुनौतीका तरिकाहरु फरक होलान् तर तिनीहरुले केही न केही परिवर्तन बोकेरै आएका हुन्छन् । आजको युग जेनेरेसन जेड वा जेनजीका रुपमा चिनिएको छ । सन् १९९७ देखि २०१२सम्ममा जन्मेका युवाहरु यस पुस्ताका सदश्य मानिन्छन् । जसलाई डिजिटलको सहज नागरिकका रुपमा अर्थात् इन्टरनेटको वंशज पनि भनेर चिनिन्छ । फोन डिभाइस धेरै चलाउने भएकोले यिनलाई घोप्टे पुस्ता पनि भन्ने गरिन्छ ।
यसरी उमेर समूहका आधारमा पुस्ताको वर्गीकरण गर्ने चलन समाजशास्त्री र जनसांख्यकीय विज्ञहरुबाट शुरु भएको हो ।
यसको खास उद्देश्य सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र विश्लेषणलाई बुझ्न सहज होस् भन्ने हो । यो अभ्यास शुरुमा युरोप र अमेरिकामा गरिएको थियो । पछि विस्तारै अरु मुलुकहरुले पनि रुचाएर यो अन्यत्र फैलियो ।
यो अभ्यास सन् १९००को दशकदेखि भएको मानिन्छ । यस्ले पुस्तान्तरणको व्याख्या ७ वर्गीकरणमा स्थापित गरेको छ ।
पहिलो द ग्रेटेस्ट जेनेरेसन सन् १९०१ देखि १९२७ सम्म,दोस्रो साइलेन्ट जेनेरेशन सन् १९२८देखि १९४५सम्म,तेस्रो वेकी व्रुमर्स सन् १९४६देखि १९६४सम्म, चौथो जेन एक्स सन् १९६५देखि१९८०सम्म, पाँचौं कम्प्युटर र प्रविधि देख्ने जेन वाइ सन् १९८१देखि १९९६सम्मको पुस्ता, छैंठौं डिजिटल युगको सुरुवात कर्ता जेन जी सन् १९९७देखि २०१२सम्मको पुस्ता जसलाई डिजिटल नेटिभ पनि भनिन्छ । जसले जन्मेदेखि नै स्मार्टफोन तथा इनटरनेटकोे प्रयोग गरे । सातौं सबभन्दा पछिल्लो पुस्ता हो जेन अल्फा सन् २०१२ पछि जन्मिएको पुस्ता । यसरी हेर्दा मेरो पुस्ता वेकी व्रुमर्श हो ।
नेपाल अहिले अशान्त छ । अवस्था अझै सुध्र्रिहाल्ने पनि देखिंदैन । यो मुलुक सधैं अशान्त र अस्थिर रहिरहने कारणहरु छन् । यी कारणहरुलाई ऐतिहासिक, भौगोलिक, आन्तरिक, वाह्य र तात्कालीन कारणहरु गरी ५ भेदमा बाँड्न सकिन्छ । जसलाई नै हामीले जेन जेड आन्दोलनका कारणका रुपमा व्याख्या गर्न सक्दछौं ।
(२) विद्रोहका कारण
(क) ऐतिहासिक कारण ः नेपाल सधैं अशान्त रहिरहनुको मुख्य कारण यो मुलुकको सिर्जना नेै अशान्तिबाट भएको छ । मुलुक बन्दा नै काटमार र द्वन्द्वबाट भएको हो । त्यसपछि पनि सत्ता प्राप्तिका लागि गुट उपगुटविच सधैं लडाईं झगडा र षड्यन्त्र भइरहे । एउटा गुटले अर्काे र अर्काेले अर्काेलाई सखाप पारेर सत्ता हत्याउने चलन बढ्दै गर्दा वाह्य हस्तक्षेप पनि हुन थाले । वर्तमान राजनीतिक सत्ताशीनहरु पनि द्वन्द्वबाट नै सत्ता प्राप्त गर्ने ठाउँमा पुगे । यिनीहरुले कहिल्यै पनि एक आपसमा सल्लाह र समन्वय गरेर सत्ता प्राप्ति गर्न सकेनन् । सत्तामा पुगे पछि नछोड्ने प्रवृत्तिहरु जल्दा जाग्दा छन् । यसकारण नयाँ पुस्तालाई पनि सत्तामा पुग्न द्वन्द्वबाट मात्र सकिन्छ भन्ने लाग्यो र अहिलेको द्वन्द्व यसैको परिणाम हो । नयाँ पुस्ताको आन्दोलन पनि यही परंपराबाट प्रेरित छ । यद्यपि शुरुमा उनीहरुका मागहरु भ्रष्ट्राचार उन्मूलन, सुशासन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मात्र देखिन्छ । जुन मागहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका मागहरुको एक अंश पनि हुन् । बाबुराम भट्टराईले पनि यो कुरा उठाउँदै आएको र प्रचण्ड समूहले पनि निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठान गरेकै हो । जेनजेड समूहको उदय पनि यसैबाट भएको हो । प्रथमदृष्टिमा जेनजेडका माग जे देखिए पनि अन्ततः उनीहरुको माग आफ्नो पनि सत्तामा साझेदारिताको नै हो । निश्चय नै राजनीतिमा सफलता हुँदै गएपछि मागहरु थपिदै जान्छन् नै ।
(ख) भौगोलिक कारणः नेपाल सधैं अस्थिर र अशान्त हुनको अर्काे कारण यसको भूपरिवेष्ठिता पनि हो । विश्वका उदीयमान दुई शक्तिवीचको प्रतिस्पर्धामा नेपाल सधैं भौगोलिक, आर्थिक तथा साँस्कृतिक रुपमा चेपिएको छ । दुबै मुलुकमा विशाल जनसंख्या छ । त्यताबाट बारम्वार आप्रबासनको समस्या छ । अझ दक्षिण तर्फ खुल्ला सिमाना र खुल्ला आवत जावतले नेपालको शान्तिमा महत्वपूर्ण भमिका खेलिरहेकै हुन्छ । रणनीतिक रुपमा दुबै देशले नेपाललाई आफ्नो दबाबमा राखिरहन चाहान्छन् र सत्ता उलट पुलट र आन्दोलनहरु उनीहरुको उक्साहट र सहयोगमा हुने गर्दछन् । ०७,१७,३६,४६,६२ र ६३का आन्दोलनहरु विदेशी हस्तक्षेप तथा उक्साहटबाटै भएका हुन् । अझ राजपरिवारको हत्यामा पनि विदेशीहरुको संलग्नता थियो भनिन्छ । नेपाललाई अस्थिर बनाइ राख्दा उनीहरुका आफ्ना स्वार्थ पूरा हुन्छन् र नेपालमा कठपुतली सरकार बनाइ यहाँका स्रोतहरुको दोहन हुने गरेको विज्ञहरु बताउँछन् । यद्यपि म त्यसको विज्ञ होइन ।
(ग) आन्तरिक कारण ः जेनजेड आन्दोलनको मुख्य आधार आन्तरिक कारण पनि हो । सत्तामा बस्नेहरुको उद्भव, आर्थिक, पदीय प्रगति युद्द र संघर्ष र लडाईंबाटै भएको हो । झापा
विद्रोह, मावोवादी विद्रोह जस्ता कैयौं यस्ता संघर्षले नयाँ पुस्तामा पनि संघर्ष र लडाई नगरी यी सत्तामा बस्नेहरुले आफूलाई सत्तामा भागबण्डी लगाएर दिंदैनन् त्यसैले यी बुढाहरुलाई संघर्ष गरेरै लखेट्नु पर्छ भन्ने चेत दिलाएको हो । यसका साथै नेतृत्वमा बस्नेहरुको विना परिश्रमको शानपूर्ण र आलिशान बसाइले पनि नयाँ पुस्तालाई संघर्षमा उतार्न मलजल गर्याे । मुलुकमा माथिबाट तलसम्म भ्रष्टाचार व्याप्त छ ।
आफ्ना कार्यकर्तालाई सुविधा जति सबै दिने र आफ्ना नातागोता बाहेक अन्य युवाहरुलाई योग्यता र क्षमताका आधारमा कुनै अवसर दिइएन । मुलुकको वजेट विकास तथा आवश्यकताका आधारमा नभई आफ्ना कार्यकर्ता पाल्ने हिसावले बनाइन्थ्यो । नेताहरु आफै वजेट वितरण गर्ने र आफैं ठेकेदार भएर अकूत सम्पत्ति कमाइरहेको नयाँ पुस्ताले चाल पायो । हिजो टायरको चप्पल र मागेका लुगा लगाएर घर घर दगुर्ने नेताहरुले रातारात कसरी काठमाण्डौंमा आलिशान घर बनाएर बस्न सके र उनका सन्तानहरु कसरी वैभवशाली भए ? भन्ने कारण युवाहरुले पत्ता लगाए । प्रदेश र स्थानीय सरकारमा पनि त्यसरी नै भ्रष्टाचारले जरो गाड्यो । यो ठाउँमा चाहिं भ्रष्टाचार हुँदैन भन्ने ठाउँ नै रहेन । न्यायालयका न्यायाधीशहरु पनि योग्यता, क्षमता, काम आधारमा होइन दलको चाकरी गर्नेहरु नै पुगे । यतिसम्म कि अस्थायी कर्मचारी नियुक्ती गर्दा समेत आफन्त र दलीय भागवण्डा गरियो । सामान्य शिक्षक सरुवा गर्दासम्म नेताहरुले ठेक्का पट्टा लिन थाले । राजनीतिक दलहरु भ्रष्टाचार गर्ने मामलामा तँछाड मछाड मै उत्रिए । दलहरुले रोजगारी सिर्जना गर्न सकेनन् । उद्योग धन्दाभन्दा भ्युटावर बनाएर कमिसन खाँदै ठीक्क भयो । वैदेशिक रोजगारीमा पाएको दुःख हैरान र यता आफ्नो परिवारमा आएको विखण्डनले पनि विदेशमा बस्ने नेपालीहरु सत्तामा बस्नेहरुसँग चिढिए । संसद गफाडीहरुको थलोको रुपमा विकास भयो । समानुपातिक सांसदमा आफ्ना पत्नीहरुलाई मनोनित गर्न थाले र श्रीमान् श्रीमती नै सांसदमा पुग्ने वातावरण बनाइयो । व्यवस्थित ऐन कानुन निर्माण रोकियो । दलहरुकै गलत कृयाकलापका कारण जेनजेड आन्दोलन मौलाएर आयो । मुलुकको सबभन्दा सम्वेदनशील घरहरु नै जोगाउन नसक्ने अवस्थामा आफू पुगियो भन्नेसम्म थाहा नपाउने हुस्सु दल र सरकारको कारण जेनजेड आन्दोलन चर्चामा पुग्यो । सामान्य भ्रष्ट्राचाररहित समाजको निर्माणको माग लिएर हिंडेर अगि बढेको युवा पुस्ता अव सरकारको नेतृत्वमा पुग्न सक्ने अवस्थामा सफलता प्राप्त गर्नु स्वाभाविकै थियो ।
(घ) वाह्य कारण ः एकातिर भौगोलिक अवस्थिति बाह्यकारण बन्न गयो भने दुई ठुला छिमेकीहरु फरक राजनीतिक धारमा बाँडिएका छन् । उनीहरु आफ्नो सिद्धान्त बमोजिम नै नेपालमा अस्थिर सरकार होस् भन्ने चाहाना राख्दछन् । उत्तरमा रहेको चीनको मुख्य चासो नेपाल तर्फबाट पश्चिमी प्रभाव आफ्नो मुलुकमा नपरोस् भन्ने चाहान्छ । उसले यहाँ रहेका वामपन्थीहरुलाई एकीकृत भएर सरकार चलाउन धेरै सल्लाह दियो तर वामपन्थीहरुले सकेनन् वामपन्थी आन्दोलन क्षतविक्षत भयो । कांग्रेस र एमालेले गठवन्धन गरेर सरकार वन्दा दक्षिण तर्फको मुलुकसँग सम्वन्ध विग्रेर गयो । मुलुकको सिमाना जस्तो कुरामा कुटनीतिक रुपमा प्रस्ताव गर्नु पर्नेमा चुच्चे नक्शा बारेमा धेरै हल्ला फिजाइयो । यसबाट भारत चिढिनु स्वाभाविकै हो । त्यसैकारण जेन्जीको आडमा आन्दोलनमा घुसपेठ भयो भनेर स्वयं निवर्तमान प्रधानमन्त्रीले आरोप लगाइरहेका छन् । आफ्नो थैलीको मुख बलियो बाँध छिमेकीलाई चोर नलगाउ भन्ने उखान यहाँ चरितार्थ हुन्छ नै । जेनजी आन्दोलनको जड वास्तवमा नेपालमा चलाइएको गैर राजनीतिक संस्थाहरुको कारण पनि हो ।
जुन केही हदसम्म हुन सक्ने आंकलन गर्न सकिन्छ । सरकारको होश खुस्केको वेला आफ्नो मुलुकमा गुज्रिरहेको अवस्था नै थाहा नपाउने र आन्दोलनमा जेसुकै पनि हुन सक्छ भन्ने अनुमान लगाउन नसक्ने सरकारको हविगत हुनु कुनै अनौठो होइन । केही मात्रामा निवर्तमान प्रधानमन्त्रीको जेसुकैलाई पनि हलुका रुपमा उडाउने शैलीले पनि यो परिवर्तन भएको हो ।
(ङ) तात्कालिक कारण ः जेन जेड आन्दोलनले त्यस्तो अपाररुपमा सफलता प्राप्त गर्नुको पछाडि जेन जेडको ताकत मात्रले काम गरेको छैन । स्वयं पुराना दलहरुका कार्यकर्ताहरु पनि उनीहरुका नेताहरुसँग रुष्ट भएको देख्न सकिन्छ । यिनीहरु नै एक अर्काको घर डढाउन गएको र आन्दोलनमा प्रवेश गरेर लुटपाट गरेकोले पुष्टि हुन्छ । छानीछानी कसको घर कहाँ छ भन्ने प्रष्ट थाहा पाई गरिएको हमलाले यी कुराहरुको पुष्टि हुन्छ । राजनीतिक दल भित्रै पनि अवसर पाइरहने र नपाउने जबखभक बलम जबखभकलयत विचको लडाईंका रुपमा पनि जेनजेड आन्दोलन देख्न सकिन्छ । सरकारको हुस्सुपना यस्तो नाजुक देखियो कि सरकारको प्रमुख नै प्रधानमन्त्री कार्यालयमा लुकेर सेना गुहार्ने अवस्था आयो ।
(३) व्यवस्था भित्र र वाहिर परिवर्तनमा उठेका मुख्य सवालहरु
कुनै पनि व्यवस्थामा संकट आउँदा क्ष्लतचब(कथकतझतष्अ रभहतचब(कथकतझष्अ चुनौतीहरु आउने गर्दछन् । यहाँ नेपाली व्यवस्था भित्र र बाहिरबाट के कस्ता चुनौती सिर्जना भएका हुन् ? भनेर पनि हेर्नु पर्ने हुन्छ । यहाँ भ्हतचब(कथकतझष्अ चुनौतीहरु प्रत्यक्ष देखिने कुरा होइनन् । यहाँ अहिलेको आन्दोलन र परिवर्तन खासगरी सरकार वा व्यवस्थामा हुनु पर्ने सबै यगतउगत हरुको ख्याल नगर्नाले नै भएको हो । क्ष्लउगत र यगतउगत विच जुन सन्तुलन हुनु पर्ने हो सञ्चालकहरुले सन्तुलन कायम गर्न सकेनन् । जनताले पाउनु पर्ने जुन निर्गतहरु थिए देखिनेगरी र व्यवस्था धान्ने गरि देखिएन । यसमा आएको परिवर्तनको आवाजलाई भ्ह्तच(कथकतझष्अ भझिभलतहरुले पनि सहयोग त पुर्याएकै छ तर आन्तरिक कुरा नै विश्वसनीय हुन सकेन । त्यसैले राजनीतिक दलहरु शासन सञ्चालनमा असफल भए ।
वाह्य तत्वमा बारम्बार व्यवस्था परिवर्तनको आवाज उठाइरहेका राजावादीहरुका मागहरु विचमा पनि बसेर पुग्न सक्ने मागहरु पूरा गर्न सकिनेमा दलहरु त्यसो नगरी पेलेरै जाने अवस्थामा दृढ रहे र त्यसो मात्र नभएर आफू भित्रभित्रै कुहिसकेको फर्सी झैं भएको थाहै पाएनन् । दुई तिहाइको दम्भले दलहरुलाई नउठ्नेगरी भसाइ दियो ।
(४) विद्रोहका असरहरु
(क) अवसरमा बाँडफाँड ः ठूला दलहरु विचमा भित्रैबाट पनि युवा नेतृत्वको माग उठिरहेको आभाश हुन्थ्यो । ती मागहरुलाई युवाहरुको नेताहरुप्रतिको चाकरी भावले ज्वालाको रुपमा विकसित गर्न सकेनन् । नयाँ पुस्तालाई पुराना दलहरु विचमै समावेश गर्न सकेको भए यस्तो विद्रोहको अवस्था आउने नै थिएन । अब कम्तिमा नयाँ पुस्तालाई पुराना दलहरुले उचित ठाउँ दिनु पर्ने वाध्यता आइ परेको छ ।
(ख) भ्रष्टाचारमा सून्य–सहनशीलता ः नयाँ पुस्ताले उठाएका मागहरु मध्ये भ्रष्टाचारमा सून्य–सहनशीलता हो । नयाँ तरिकाले भ्रष्टाचारीहरु माथि निर्मम ढंगले वर्तमान सरकारले कार्यवाही गरियो भने मात्र पनि जेएनजीको आन्दोलन केही हदसम्म निस्तेज पार्न सकिन्छ किनकि जनताको मुख्य असन्तुष्टी नै भ्रष्ट्राचारीहरुलाई कार्यवाही र सुशासन हो ।
(ग) निर्वाचन प्रणालीमा व्यापक सुधार र परिवर्तन ः जनताले चाहेको मुख्य कुरा निर्वाचन पद्दति पनि हो । वर्तमान निर्वाचन पद्दतिले जनताका माग पूरा गर्न सकिन्न यसले मानिसलाई दास बनायो । जवाफदेही बनेन भन्ने नै प्रमुख कुरा हो । प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्दछ जसको कारण सरकारलाई जवाफदेही बन्न वाध्य बनाओस् र सरकारको स्थायित्वका लागि कम्तिमा ४ वर्षसम्म काम गर्न दिनु पर्दछ । सरकार यो पद्दतिका कारण अस्थिर भयो । स्थायी सरकार कर्मचारीहरु पनि अस्थायी सरकार हुँदा नटेर्ने हुन्छन् उनीहरुलाई जवाफदेही बनाउनका लागि पनि हायर एण्ड फायर इप्वाएल सिस्टम पनि विकास गर्नु पर्दछ भन्ने जनमाग देखिन्छ ।
(घ) अदालतमा न्यायाधीसको नियुक्ती लोक सेवा र प्रतिस्पर्धाबाट ः मुलुकमा व्यापक र स्थायी परिवर्तन र दिगो विकास गर्ने हो भने अदालतहरुमा प्रतिस्पर्धाबाट नियुक्त न्यायाधीसलाई उनीहरुको विवेक प्रयोग गरी न्याय दिन पर्याप्त वातावरण दिनु पर्दछ । अहिलेका अदालतहरुमा पनि निष्पक्ष न्यायदाता न्यायाधीसहरु हुनुहुन्छ तर उहाँहरु अल्पमतमा पर्नाले न्यायालयहरु बदनाम पनि भएका छन् । जेनजीको आन्दोलनले असहयोग र विध्वंश मच्चायो होला तर अब यस्तो अवसरको पूर्ण प्रयोगगरी फाइदा लिन सक्नु पर्दछ ।
(ङ) दलहरु विच विदेश नीतिमा एकरुपता ः विश्वका सम्पन्न मुलुकहरुमा सबै दलहरुमा एकै प्रकार को विदेश नीति देखिन्छ । विदेशसँग कुन प्रकारको नीति अपनाउने हो सबै दलहरुको एउटै आवाज भयो भने अन्यले खेल्ने मौका पाउँदैैनन् ।
(च) राजतन्त्र र हिन्दू धर्मबारे जनमतसंग्रह वा सर्बपक्षीय भेलाबाट अन्तिम निधो ः
जेनजी आन्दोलनको मूल स्रोत अहिले जानी वा नजानी राजतन्त्र पक्षधरहरुको विद्रोह पनि हो । राजालाई स्थान दिने नदिने भन्ने जनमत संग्रह तथा सर्वपक्षीय भेलाबाट एउटा निष्कर्षमा पुर्याउनै पर्दछ । नत्र यो अप्ठ्याराकोे पिलो भएर बल्झिरहन्छ । त्यसैले जेनजी आन्दोलनमा भएका विध्वंश सँगसँगै यसका सकारात्मक पक्षलाई अत्यन्तै शोचबुझका साथ निषर्कमा पुर्याउनु पर्छ ।
(५) विद्रोहका प्रवृत्तिहरु
(क) विद्रोहका चरणमा सेनाले राजधानीका शहरहरुमा नियन्त्रण लिए पछि पनि मुलुकको मुख्य सम्पत्ति सिंहदरबारमा आगो दन्किी रह्यो । सरकार त ढल्यो आतेशमा थियो तर पाँच मिनिेटमा रहेको काठमाण्डौं नगर पालिकाका दमकलहरु आगो निभाउन किा गएनन् ? राज्यका मुख्य कार्यालयहरु तथा सर्वाेचच अदालत सँग जेन्जीको के दुस्मनी थियो ? यी विषयमा वहस हुनु पर्दछ ।
(ख) नयाँ मन्त्रिमण्डल बनाउन र प्रतिनिधि सभा विगठन गर्ने माग जेनजीहरुको देखिंदैन । यी निर्वाचित संस्थाको विगठन किन हतारमा गरियो ?
(ग) प्रदर्शनका दौरानमा स्वचालित हतियारहरुको प्रयोग भएको कुरा चर्चामा छ । यसको वास्तविकता केहो ,
(घ) मुलुक भरिका प्रहरीका कार्यालयहरुले जेन्जीका माग पुर्याउने आधारहरुको के नष्ट गरिएका थिए । प्रहरी कार्यालय नष्ट गर्नु के आन्दोलनको अभिप्राय थियो ? थिएन भने कस्ले के उद्देश्यले जलायो । खोजि हुनु पर्ने होइन र ?
(ङ) भारतीय सामाजिक संजाल तथा मिडियाहरुमा नेपालीहरु भारतमा गाभिन तयार छन् । नेपाल भारतको २९ प्रान्त हुन्छ जस्ता विना आधारका प्रसंग उठिरहेका छन् ती समाचार सूत्रका आधार प्रमाण के हुन् ? नेपाल चीनको अधिनमा छ यो युद्ध चीन र अमेरिका विचको युद्ध हो भन्ने भ्रम किन भारतीयहरु फैलाइरहेका छन् । भारत र चीन उस्तै नेपालका सहयोगी मित्र हुन् भन्ने कुरा स्थापित हुन सकेन किन सकेन ?
एकातिर जेन्जी कलर रिभोल्युशन र राज्य आतंक कहाँबाट मच्चाउन खोजिएको हो ? खोजि हुनु पर्दैन र ?
(च) वैदिक कालमा कामको विशिष्टीकरणमा विभाजन गरिएको वर्ण व्यवस्थालाई मनुस्मृतिकालमा शासकहरुले नेपालीहरुलाई चार जातमा विभाजन गरेर शासन गरे । जसलाई नेपालका पछिल्ला शासकहरुले आफ्नो शासन गर्ने कलाको मुख्य माध्यम बनाए । दलीय व्यवस्था आउँदासम्म पनि नेपालीहरुलाई दलहरुले एकजुट हुन दिएनन् र दलका आधारमा समाजलाई विखण्डित गरिरहे भने अहिले यो विद्रोहमा पनि Color revolution अथवा AGE Revolution का नाममा फेरि समाजलाई किन विखण्डित कसले गरिरहेको हो ? यसको स्वार्थ के हो ? भइरहेका संरचनाहरु सबै ध्वस्त पार्न र व्यक्तिगत सम्पत्तिसम्म ध्वस्त पार्नु, उद्योग धन्दा समेत विभिन्न वहानामा डढाउनु जेन्जी विद्रोहको अभिप्राय नहुँदा नहुँदै पनि ती कसरी ध्वस्त भए ? सामान्य शान्तिपूर्ण प्रदर्शनमा आएका नानी बाबुहरु किन त्यत्रो संख्यामा हताहत भए ? यसबारे अत्यन्तै गम्भीरताका साथ छलफल गर्नु पर्ने अवस्था आएको होइन र ? यसबारे कहिले कसरी बहस उठान गर्ने हो ? अस्तुः