npl.977 Nepal News Stream

Nepali Link

पहिचान सम्मान बैरागी काइँलालाई, युवा सम्मान गीलु रातोसलाई

Dhruba Aryal 1 day ago

लन्डन– पहिचान पुरस्कार कोषले वि.सं. २०८१/२०८२ (सन् २०२४/२०२५) का लागि ‘पहिचान सम्मान’ वरिष्ठ साहित्यकार तथा मुन्धुमविद, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई प्रदान गर्ने भएको छ।

कोषको निर्णयअनुसार काइँलालाई नगद रु. ५,०२,००२ (अक्षरुपी पाँच लाख दुई हजार दुई रुपैयाँ) र ताम्रापत्रसहितको सम्मान प्रदान गरिने भएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

पहिचानको आन्दोलन र लेखनमा निरन्तर सक्रिय योगदानको कदर गर्दै यस वर्षको पहिलो ‘पहिचान युवा सम्मान’ गणेश कुमार राई (गीलु रातोस) लाई प्रदान गरिने कोषले जनाएको छ। राईलाई नगद रु. ५०,२०२ (अक्षरुपी पचास हजार दुई सय दुई रुपैयाँ) र ताम्रापत्र प्रदान गरिनेछ।

यसअघि लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलालाई ‘पहिचान सम्मान’ प्रदान भइसकेको छ। त्यस्तै, राजन मुकुन्दको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’, यज्ञशको ‘भुइँया’, उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’, श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, कविता राईको ‘गुरु’, अर्जुन माबुहाङ र अमित थेवेको ‘सिरिजङ्गा’, फाल्गुनन्द र इमानसिंह चेम्जोङका ‘लेखोट’, प्रगति राईको ‘थाङ्ग्रा’, प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट नयाँ सडकको कथा’ र राजु स्याङ्तानको ‘ओ पेङ्दोर्‍जे’ लाई पहिचान पुरस्कार प्रदान गरिएको छ।

कोषले लगातार चार वर्ष ‘पहिचान पुरस्कार’ वितरण गर्दै आएको छ भने प्रत्येक पाँच वर्षमा ‘पहिचान सम्मान’ प्रदान हुँदै आएको छ।

यस वर्षदेखि ४० वर्षमुनिका युवाहरुलाई लक्षित गर्दै ‘पहिचान युवा सम्मान’ पनि प्रदान गर्ने घोषणा गरिएको छ।

Read more news from Nepali Link

Explore by Source or Category