npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

ललितपुरमा ट्रायम्फको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

क्लिकमान्डु 3 hours ago

काठमाडौं । ट्रायम्फ नेपालले ललितपुरमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा अन्तर्गत सर्भिस र स्पेयर सहितको नयाँ आधिकारिक सेन्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकाभित्र आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउन कम्पनीले बाइकर डिपो प्रालिमार्फत मीनभवनमा नयाँ सर्भिस सेन्टर विस्तार गरेको हो ।

हाल यस केन्द्रमा सर्भिस र स्पेयर पाट्र्स उपलब्ध रहँदै आएकोमा छिट्टै शोरूम समेत सञ्चालनमा आउने बताइएको छ । शोरूम सञ्चालनमा आएपछि ललितपुरका ट्रायम्फ राइडरका लागि पूर्ण थ्रीएस अनुभव उपलब्ध हुने जनाइएको छ ।

सो नयाँ सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, मोटरसाइकल मर्मतका लागि व्यवस्थित क्षेत्र (वर्क बे) तथा कम्पनीद्वारा स्वीकृत उपकरणहरूले सुसज्जित रहेको छ ।

सर्भिस सेन्टरमा मोटरसाइकलको सम्पूर्ण मर्मत तथा प्राविधिक जाँच प्रशिक्षित प्राविधिकहरूद्वारा विश्वव्यापी सर्भिस मापदण्डअनुसार गरिने बताइएको छ ।

कम्पनीका अनुसार, यस सेन्टरमार्फत जेन्युइन ट्रायम्फ स्पेयर पाट्र्स सहज रूपमा उपलब्ध हुने भएकाले मोटरसाइकलको उत्कृष्ट पर्फमेन्स, सुरक्षा र दीर्घकालीन विश्वसनीयता सुनिश्चित कायम रहन्छ ।

यसले ग्राहकहरूलाई आफ्नो मोटरसाइकल उचित मापदण्डअनुसार नै मर्मत भइरहेको छ भन्ने विश्वास दिलाउँछ ।

Read more news from Clickmandu

Explore by Source or Category