npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

कांग्रेसका बहुमत प्रतिनिधि गगन–विश्वको पक्षमा, देउवालाई नेतृत्व छाड्न दबाब

अनलाइन टीभी नेपाल 4 days ago

काठमाडौं । नेपाली कांग्रेसको बागडोर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको हातमा पुग्ने देखिएको छ । आइतबारबाट सुरु कांग्रेसको विशेष महाधिवेशनमा झन्डै ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । भीड धेरै भएकाले यो प्रतिशत बढ्ने नेताहरूले बताएका छन् ।

कांग्रेस विधानमा बहुमत जसको हुन्छ, त्यसकै हातमा नेतृत्व जाने भएकाले अब पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न ठूलो दबाब सिर्जना भएको छ । संस्थापन पक्षले रोक्दा रोक्दै पनि महाधिवेशन प्रतिनिधि रोकिएनन् । उनीहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि पनि विशेष महाधिवेशनमा सहभागिता जनाएका छन् । विशेष महाधिवेशनस्थलमा अहिले पनि नाम गर्दा गराउने क्रम जारी छ।

कांग्रेसमा ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका थिए। विशेष महाधिवेशनको पक्षमा काठमाडौं आउनेको संख्या बहुमतनजिक पुगिसकेको छ। उनीहरुले ६० प्रतिशतभन्दा धेरै सहभागी हुने दाबी गरेका छन्।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category