npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

वरिष्ठ कानुन व्यवसायी सबै गगन–विश्वको पक्षमा, देउवा पक्षलाई टेन्सन

अनलाइन टीभी नेपाल 11 hours ago

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेपछि शेरबहादुर देउवा पक्ष कानुनी परामर्शमा लागेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन् ।

सभापति थापाले पार्टी आधिकारिकताको निर्णयका सम्बन्धमा निर्वाचन आयोगले दुई तीन दिनभित्रै टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् । उनले प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशनले गरेका निर्णयको लिखित दस्तावेज र मौखिक जानकारी गराएका थिए । दउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेको थियो ।

अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढेको छ । गगन पक्षले पार्टी आधिकारिकता दाबी गरेपछि संस्थापन कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो निवासमा कानुनी परामर्श गरेका हुन् । उनले चार पाँचजना कानुन व्यवसायीसँग छलफल गरेका थिए । वरिष्ठ अधिवक्ताहरूले केन्द्रीय कार्यसमितिको स्वीकृतिविना आयोजना गरिएको विशेष महाधिवेशनले वैधता पाउन नसक्ने भन्दै खड्कालाई आश्वस्त तुल्याएका छन् ।

यसअघि पनि देउवाले केही कानुन व्यवसायीलाई आफ्नो निवास बोलाएर यस्तै छलफल गरेका थिए । तर नेपालका वरिष्ठ कानुन व्यवसायीहरूले विशेष महाधिवेशनभन्दा केन्द्रीय कार्यसमितिको निर्णय ठूलो नहुने भन्दै गगन पक्ष नै आधिकारिक हुने दाबी गरिरहेका छन् । यस्तो दाबी गर्नेमा राधेश्याम अधिकारी, शम्भु थापा, चन्द्रकान्त ज्ञवाली, गोपालकृष्ण घिमिरे, विपिन अधिकारी, दिनेश त्रिपाठीदेखि प्रेमबहादुर खड्कासम्म छन् । त्यसैले अहिले पूर्णबहादुर कानुनी परामर्श लिन सक्रिय भएका हुन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category