npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

काठमाडौँ फोटोग्राफर संघको नेतृत्वमा आनन्द प्रभाकर घिमिरे

देश सञ्चार 3 weeks ago

काठमाडौँ- काठमाडौँ फोटोग्राफर संघको २०८२ कार्तिक २२ गते काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको छ ।

अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत चयन भएपनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह सचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ, जस अन्तर्गत केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् ।

काठमाडौं फोटोग्राफर संघको विधान अनुसार नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको कायम रहने छ ।

अध्यक्षमा चयन भएपछि आनन्द प्रभाकर घिमिरेले संक्षिप्त प्रतिक्रिया दिदै आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताए।

आफ्नो कार्यकालमा फोटोग्राफरहरूलाई नयाँ प्रविधि मैत्री बनाउन समयसापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने उनले बताए ।

Read more news from देशसञ्चार

Explore by Source or Category