npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

ग्लोबल क्वालिफायर नेपालका लागि ठूलो अवसर

न्युज अफ नेपाल 5 hours ago

काठमाडौं ।

यही माघ ४ गतेदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गतका ठूलो प्रमुख प्रतियोगितामध्ये एक आईसीसी टी ट्वान्टी विश्वकप महिला क्रिकेटको ग्लोबल क्वालिफायरको प्रतियोगिता नेपालमै आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि रंगशाला र मूलपानीस्थित क्रिकेट मैदानमा सञ्चालन गरिनेछ ।

नेपाली राष्ट्रिय महिला टोली इतिहासमा पहिलो पटक ग्लोबल क्वालिफायरमा पुगेको हो । सोहीअनुसार प्रतियोगिता पनि नेपालमै आयोजना हुने भएपछि यसलाई राष्ट्र र क्रिकेटको संस्था नेपाल क्रिकेट संघ (क्यान) ले अवसरको रूपमा लिएको छ । क्यानको लागि यो अवसरको एक चुनौती पनि हो । यदि, यो सफल भएमा भविष्यमा आईसीसीका अन्य ठूल्ठूला प्रतियोगिता नेपालमा आयोजना गर्न अवसर प्राप्त पनि हुनेछ । क्यानका प्रवक्ता छुम्बी लामाले आफूहरूले यो ग्लोबल क्वालिफायरले अरू इभेन्ट्सको निरन्तरता पाउने आस राखेको बताउनुभयो ।

आईसीसीले योमात्र होइन, आगामी २०२७ को यू–१९ महिला विश्वकपको सह–आयोजकको जिम्मा नेपाललाई दिइसकेको पनि छ । यसले आईसीसी नेपालमा प्रतियोगिताहरू गर्न चाहन्छ भन्ने पनि स्पष्ट देखाएको छ । विश्वमा क्रिकेट प्रतियोगिता आयोजना धेरै भइरहेको हुन्छन् । यस हिसाबमा नेपालले यस प्रतियोगिताहरू सफलताका साथ आयोजना गर्न सकेमा धेरै छनोट प्रतियोगिताहरूको आयोजक राष्ट्र बन्ने मौका प्राप्त गर्नेमा कुनै शंका हुँदैन ।

साथै क्यानले आर्थिक रूपमा आपूmलाई बलियो बनाउँदै नेपालको आर्थिक समृद्धिमा पनि योगदान गर्न सक्नेछ । प्रमुख प्रतियोगितामा कमसेकम ८–१० वटा राष्ट्रका खेलाडीहरू आउने र उनीहरूसँगै अरू पनि आउने भएकोले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अहिले नै माघ ४ गतेदेखि सुरु हुने ग्लोबल क्वालिफायरमा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको छ । जसमा, युरोपेली राष्ट्रहरू इंग्ल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्सका साथै पपुआ न्युगिनी, जिम्बाबे, नामिबिया, अमेरिका, थाइल्यान्ड र बंगलादेशका महिला टोलीहरूले खेल्नेछन् ।

खर्च आईसीसीले बेहोर्ने
नेपाल आयोजक राष्ट्र भए पनि यस प्रतियोगिताको खर्च भने आईसीसीले नै बेहोर्ने जनाएको छ । स्थानीय प्रायोजक र टिकट बिक्रीबापत आउन रकम भने क्यानलाई दिन सकिने छ । तर, यसमा कुनै आधिकारिक रूपमा प्रतिक्रिया भने आएको छैन । प्रवक्ता लामाले टेलिभिजन अधिकार आईसीसीको हुनेछ भने अर्को विषयहरूमा छलफल भइरहेको बताउनुभएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category