npl.977 Nepal News Stream

Nepali Link

जेनजी आन्दोलनमा मारिएका प्रहरीका परिवारलाई भूतपूर्व प्रहरी मञ्च यूकेको सहयोग

Dhruba Aryal 3 days ago

लन्डन- नेपाल भूतपूर्व प्रहरी परिवार मञ्च बेलायतले नेपालमा भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई आर्थिक सहयोग गरेका छ ।

मञ्चले बेलायतमा कोष संकलन गरेर आन्दोलनका क्रममा ज्यान गुमाएका तीन प्रहरीका परिवारलाई ५० हजार रुपैयाका दरले सहयोग गरेको हो । मञ्चले आन्दोलनमा जलाइएको काठमाडौँ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको पुनर्निर्माणका लागि छुट्टै ५० हजार रुपिया समेत सहयोग गरेको छ ।

मञ्चले बेलायतमा आफ्ना सदस्यहरुबाट संकलन गरेको २ लाख रुपैया नेपाल प्रहरी श्रीमती संघमार्फत् नेपालमा सहयोग हस्तान्तरण गरेको हो ।

मञ्चको सहयोग कोषमा बाचस्पति रेग्मी, मदन शाह, मदन गुरुङ, चुन्नु दर्लामी, गंगा राना, गंगा अधिकारी, शिव गुरुङ, रोशन श्रेष्ठ, महेन्द्र कुँवर, इन्द्र कार्की (खस), माधव श्रेष्ठ, रामसुन्दर शाह, निलकण्ठ पौडेल, हरिसिंह थापा, जीव बेलवासे, केदार थपलिया र शिवजी श्रेष्ठले आर्थिक योगदान गरेका थिए।

सहयोग अभियानको संयोजन गरेका पूर्व डिएसपी शिवजी श्रेष्ठले घटनापछि तत्कालै रकम संकलन गरी नेपाल प्रहरी श्रीमती संघमार्फत् सहयोग हसतान्तरण गरिएको जानकारी दिएका छन्।

यसैबीच, सहयोगका लागि नेपाल प्रहरी श्रीमती संघले नेपाल भूतपूर्व प्रहरी परिवार मञ्च बेलायतलाई प्रशंसापत्रसहित धन्यवाद ज्ञापन गरेको छ । संघकी तत्कालीन अध्यक्ष भावना श्रेष्ठ खापुङले हस्ताक्षर गरेको प्रशंसापत्रमा अमर प्रहरी परिवारप्रति देखाइएको सहृदयता र सहयोगका लागि मञ्चप्रति धन्यवाद व्यक्त गरिएको छ।

सहयोग अभियानमा सहभागी सबै दाता तथा सदस्यहरूलाई मञ्चका अध्यक्ष पूर्व डीएसपी बाचस्पति रेग्मीले धन्यवाद व्यक्त गरेका छन् ।

Read more news from Nepali Link

Explore by Source or Category