News of Nepal
भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन हुने
उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको भारतीय सहयागमा निर्माण गरिएको ३ तले २४ कोठे भवन बिहिबार माघ १ गते उद्घाटन हुने भएको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र भारतीय दुतावासका द्धितीय सचिव गरिमा नौटियलद्धारा संयुक्त रुपमा उद्घाटन हुने विद्यालय भवन सन २०१८ डिसेम्बर ३१ तारिखमा भारतीय दुतावासमा माग प्रक्रिया प्रारम्भ भै सन २०२१ मे ४ मा विद्यालय भवन निर्माणकालागि तत्कालीन अवस्थामा भारतीय दुतावास, त्रियुगा नगरपालकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरी र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बिचमा त्रिपक्षिय सम्झौता भएको थियो ।
बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक जंग बहादुर खड्काका अनुसार विद्यालय निर्माणकालागि भारतीय दुतावासबाट रु. ४ करोड ८६ लाख ९७ हजार ७ सय ३१ रुपैया ३९ पैसा बजेट स्वीकृत भएको र रामेछापको थापा निर्माण सेवा प्रालिले करिब ३ करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विद्यालय निर्माणका क्रममा मुल्य वृद्धिका कारण पहिलो स्टिमेटको मूल्य कम भएपछि पुनः स्तीमेट गरेर निर्माण कार्य शुरु गरेको जानकारी दिंदै प्रअ खड्काले दुतावासको आर्थिक सहयोगमा २ वटा भवन निर्माण भएको र दुबै भवनमा तीनतला २४ कोठा रहेको बताए ।
सम्झौताका क्रममा भवन निर्माणमा भारतीय दुतावासले ८० प्रतिशत र त्रियुगा नगरपालकाले २० प्रतिशत लागत व्यहोर्ने गरी सम्भलौता भएको र २०७८ चैत्र २२ गते भारतीय दुतावासका तत्कालीन नियोग उप प्रमुख नामग्यासी खाम्पा र पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्काद्धारा भएको थियो ।