नेपालीपोष्ट
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

(१) विषय प्रवेशः
अहिले फेरि निर्वाचनको सुगारटाइ शुरु भएको छ ।
संविधानमा परिवर्तनको हावा फैलाइएको छ । नेताहरुमा कुनै पारदर्शी र दूरगामी निर्णय गर्ने क्षमता छैन । चुनावका लागि सधैं जनतालाई दुःख दिइराखिएको छ । चुनावमा नेताहरु विभिन्न आश्वासन र चकलेटी सपना देखाएर,भ्रष्ट्राचार गरेर वा नगरेर बटुलेका पैसा केही मानिसलाई बाँडेर, मादक पदार्थ खुवाएर, मताएर भ्रममा पारेर, जागिरका पोका बाँडेर नेता फेरि पनि सत्तामा पुग्ने नयाँ खेलमा लागेका छन् । कोही जनहितका लागि वा मुलुक हितका लागि नभएर हार्ने डरले भए पनि चुनाव हुँदैन, हुन दिन्नौं भनेर पनि हिंडेको देखिन्छ । सरकार चुनाव गरेरै छाड्ने पक्षमा देखिन्छ । वास्तवमा यो सरकारको काम नै चुनाव मात्र हो । त्यो बाहेक हल्ला गर्नु बेकार छ ।
(२) कार्यकारी प्रमुखको निर्वाचनको हंगामाः
मुलुकलाई अस्थिर बनाइरहेर रोटी सेक्ने तत्व र मानसिकता भएका केही व्यक्ति वा समुदायका मानिसहरुले फेरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने नाटकमञ्चन गरिरहेका छन् । त्यही नाटकमञ्चन भित्र नयाँ उमेरवयका युवाहरुलाई पनि भ्रम परेको छ । उनीहरुले भनेकै कुराको पछि लागेर संविधानसभाको दुइ दुइपटक निर्वाचन गराएर उनीहरुले भनेकै अनुसार संविधान बन्यो र त्यही संविधानका आधारमा निर्वाचन भयो । हामीले बहुमत नपाएकाले कामगर्न पाएनौं भनेर जनताले तिनलाई दुई तिहाइ कै बहुमत पनि दिए तर मुलुकको अवस्था फेरि पनि जस्ताको तस्तै छ । उनीहरुले नै राजनीतिक व्यवस्थालाई पाण्डोराको वाकस जस्तो रहस्यमय बनाए । समस्या ज्यौकात्यौं नै रहे । नेताहरु कहिले पनि मुलुकको समस्याको पहिचान गरी समाधान तर्फ लागेनन् । यिनीहरु भागबण्डी नपाउँदा कुकुर र विराला जस्ता झगडा गरिरहे र भान्सामा कुरा मिलेपछि ती सबै वैमन्यष्यता विर्सेर एउटै भान्सामा मार्सी मासुभात खान रमाइरहे ।
मुलुकलाई स्थायित्व र समृद्धितर्फ डोर्याउने भनेको अर्जुनदृष्टि भएको इमान्दार नेतृत्व चाहिन्छ । मुलुकमा नयाँ बुद्ध जन्मनु पर्दछ । ती बुद्ध तपश्वी, ध्यानी र ज्ञानी मात्र भएर पुग्दैन त्यागी पनि हुनु पर्दछ । व्यक्तिगत, दलीय र गुटगत स्वार्थभन्दा माथि उठेर निर्णय गरी निर्णयको कठोरताका साथ कार्यान्वयन गर्न सक्ने हुनुपर्दछ । त्यसका लागि इमान्दारिता पहिलो प्राथमिकता हो । यी सबै योग्यता नभएको प्रत्यक्ष वा अप्रत्यक्ष जेसुकै कार्यकारी प्रमुखको निर्वाचन गरे पनि अन्तमा हातमा लाग्यो सून्य हुन्छ र मुलुक निरन्तर गरीब र हेपिएको हुन पुग्दछ ।
मुलुक फ्रान्स जस्तै राजनीतिक प्रयोगशाला बनाउने प्रयाश हुँदैछ । तर फ्रान्समा जस्तो स्थिरताको विन्दुमा कहिले पुग्दैन । मूलतः मुलुकले के खोजिरहेको हो ? प्रश्न त यो हो । यसको जवाफ मुलुकलाई अहिले चाहिएको छ । यो उमेरवय, दल, गुट वा निर्वाचनका नाटकहरुले मुलुकको समस्याको समाधान गर्न सक्तैन । कैयांै पुराना नेताहरु, कर्मचारीहरु वा राष्ट्रप्रेमीहरु पनि मुलुकमा नभएका होइनन् । सबैलाई एउटै डालोमा राखेर मूल्यांकन गर्नु भनेको भ्रष्ट्राचारीहरुलाई उन्मुक्ति दिनु हो । मुलुकलाई राजनीतिक प्रयोगशाला बनाइनु हुँदैन ।(५) जनतामा नै खराबी:
ओशोले भने जस्तो हामी जनता इमान्दार नेता खोज्छांै तर आफू नै इमान्दार छैनौं । राजनीति एक खेल हो धुर्तहरु यसमा खेल्छन् र मूर्खहरु दिनभर चर्चा गरेर बस्छन् । हामी राजनेता खोज्छौं तर राजनेता त व्यक्तिको मूर्खताका कारण जन्मन्छ र बाँचेको हुन्छ । यदि जनतामा समझदारी भयो भने राजनेताको जन्म नै हुँदैन । राजनेताको साराका सारा बल त जनताको मूर्खतामा उव्जिएको हुन्छ । जनतामा जति अज्ञानताको बास हुन्छ त्यति नै राजनेता जन्मन्छन् र तिनीहरु वलशाली भएर जान्छन् जब पृथ्वीमा केहीमात्र ज्ञान भरियो भने केही मात्र भए पनि जनता जागरुक भएभने त्यही क्षणबाट यी सबै तिरोहित हुन्छन् । राजनीति भनेको त्यही न हो ।
हाम्रो निर्वाचन प्रणालीमा कतै खराबी छ वा हामी जनतामै खरावी छ,त्यसको पहिचान गरिनु पर्दछ । हामी जनता आफू नै भ्रष्ट छौं । पैसा, लोभ र प्रपञ्चमा परी लोभी पापी र भ्रष्ट नेतृत्व छानेर पठाउँछौं । त्यो कुहिएको नेतृत्वबाट वास्नामय फल कहाँ पाइन्छ र ? आशा गर्नु नै वेकार छ ।
युवाले मात्र मुलुक बनाउँछ हामी युवालाई सत्ता चाहियो, हामी बनाउँछौं भन्ने ढंगले केही युवा प्रस्तुत भएको देखिन्छ । कुरा उमेरले होइन विचार, भावना, कर्तव्य र लक्ष्यमा दृढ व्यक्ति चाहिन्छ, हुनु पर्दछ । विचार र लक्ष्य उही कुहेका बुढाको कुराका पछि लाग्ने र तिनकै एजेण्डा बोकेर मुलुक अगाडि बढ्न सक्दैन । युवा पंक्तिको ःष्ककष्यल बलम खष्कष्यल के हो ? मुलुक कसरी बन्छ ? भ्रष्ट्राचारको जरो कहाँँ छ ? त्यसको अन्त्य कहाँबाट हुन्छ ? प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन भए पछि सबै समस्या समाधान हुन्छ ? अहिले नेतामात्र होइन जनता देखिनै भ्रष्ट्रताको गन्ध आउँछ । घुस नदिई काम हुँदैन भन्ने भ्रम छ र घुस दिनपर्छ भन्दै वकिल, लेखन्दास, विचौलिया तथा कर्मचारीले जनतालाई उकास्छन् । जनता पनि त्यही भ्रममा छ । जनता वकिल, लेखनदास तथा कर्मचारीलाई किन घुस दिन्छन् ? घुस माग्नेलाई दिन्न भन्न थालौं त कसरी घुस खाने रहेछन् ? आफैं दिने अनि घुस खायो भन्ने ? जब हामी कसैलाई पल्काउँछौं त माग्छन् दिन छोड्नुस् । घुस कसैले माग्दैन ।
प्रक्रियागत रुपमा नै कुनै दिन तपाईंको काम हुन्छ हुन्छ नभएर हुन्छ ? भएन भने आन्दोलन त्यही गर्नुस् त कसरी काम गर्दैनन् रहेछन् ? मैले स्वयं वकिल, लेखन्दास तथा विचौलियाहरुले कर्मचारी, प्रहरी तथा न्यायाधीसलाई घुस पुर्याएको देखेको छु । कुनै रुख लड्न जरा कुहिनु पर्छ जरामा नै उपचार नगरी रुख बाँच्दैन । हामीले अब जनताबाट नै भ्रष्ट्राचारको निर्मुलीकरणकालागि पहल गर्न थाल्नु पर्दछ । भ्रष्ट्राचारमुक्त समाज यसरी मात्र स्थापित गर्न सकिन्छ । चुनावमा पैसा बाँड्न आउने नेतालाई खोजिखोजि कुटौं त उसको पैसा लुटौं त कसरी उसले पैसा बाँडेर जित्छ ? तर भएको के छ भने एउटाले पैसा बाँड्यो भनेर हल्ला गर्ने अर्काले त्यहीं गएर त्यही लुटेको, खोसेको पैसा बाँड्ने ? अनि कसरी हुन्छ निष्पक्ष निर्वाचन ? अनि त्यही लुटेराहरुलाई हामीले नेता मानेर हिंड्छौ कहाँबाट हुन्छ विकास ? अरुवेला कहिले देखा नपर्ने नेता किन गाउँमा दिनहूँ जान्छ उसको जानुपर्ने कारण के हो ? जब कि उसलाई जनताले चिनेको छ । उसका पम्प्लेट हेरेकोे छ ।(६) जनचाहना के हो ?
अहिले मुलुकले खोजिरहेको कुरा निर्वाचन होइन, स्थायित्व, विकास र भ्रष्ट्राचारमुक्त समाज हो । यो जेन्जीको माग मात्र होइन सम्पूर्ण जनताको माग हो । यो अहिले मात्र होइन विगत कैयौं वर्षदेखि मुलुक यही खोजिमा आक्रान्त छ र अधिर छ । यो कुरा सबैलाई थाहा छ तर त्यता नभएर को कसरी सत्तामा पुग्ने र अरुलाई सत्तामा आउन नदिने दाउपेच र सत्तामा पुगेकालाई जालझेल तिकडम र अनेक प्रपञ्चगरी सत्ताच्यूत गर्ने र आफू सत्तामा पुग्ने बाहेक अरु खेल हुन सकेको छैन । यसले गर्दा मुलुक सधंै नै अस्थिरताको भुमरीमा भासिएर उठ्नै नसकेको अवस्थामा गुज्रिरहेको छ ।
संविधान र कानुनको विद्यार्थीको नाताले भन्छु ‘यो सरकार असंवैधानिक नै छ । २०७२को संविधानले यसलाई
चिन्दैन । कुनै पनि बहानामा प्रतिनिधि सभाका सदश्यभन्दा बाहिरबाट प्रधानमन्त्री बन्ने प्रावधान संविधानले परिकल्पना गरेको छैन । संविधानभन्दा बाहिरबाट जब कुनै काम हुन्छन् भने त्यसलाई असंवैधानिक नभने के भन्ने ?
स्वयं वर्तमान प्रधानमन्त्रीलाई त पूर्वप्रधानन्यायाधीसको हैसियतले प्रधानमन्त्री बन्न संविधानले रोक नै लगाएको छ । संविधान विपरित काम गर्नु पनि भ्रष्ट्राचार नै हुन्छ । यस सरकारलाई वैधता दिन प्रतिनिधि सभा पुनस्र्थापित गरेर त्यसको बैठकबाट यो सरकार अनुमोदित हुनु पर्छ वा
प्रतिनिधि सभाले उनीहरुबीचबाट सरकार स्थापित गर्नु पर्दछ । तब बैध सरकार बन्छ । अहिलेको सरकारले गरेको काम सबै अबैध नै हुन्छ ।’(यद्यपि यो सवाल अदालतमा पुगि सकेकोले यहाँ वहसको विषय बनाउनु उचित थिएन तर सन्दर्भवश जोड्नु परेको मात्र हो )
(८) वर्तमान सरकारलाई म्यान्डेटः
अहिले वर्तमान असंवैधानिक सरकार भ्रष्टाचारीहरु पक्रने कार्यवाही गर्ने भनी हल्ला गरिरहेको छ । यो सरकार यदि वैधानिक नै मान्ने हो भने पनि यो सरकारलाई
प्रतिनिधि सभाको निर्वाचन गराउने मात्र म्यान्डेट छ । सरकारको सम्पूर्ण ध्यान त्यता मात्र केन्द्रित गर्नु पर्ने हो तर लागेको छ, कुबाटो तिर कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्दै विपरित मार्गमा लागेको छ । अहिलेको सरकारले राज्यको सम्पत्ति नष्ट गर्ने, व्यक्तिगत सम्पत्तिमा आगो लगाउने तोडफोड गर्ने व्यक्ति पक्रेर कार्यबाही गर्नु पर्ने हो त्यो नसके कम्तीमा प्रहरीका लुटिएका हतियार फिर्ता गर्ने र कैदी बन्दीलाई कारागारमा फर्काएर मुलुकमा शान्ति र अमनचैन रहेको प्रत्याभूति गर्नु पर्ने हो । साथै सबै राजनीतिक दलहरुसँग आवश्यक संवाद गर्ने र निर्वाचनको माहोल बनाउने हो । यो काम सक्दैन भने राजिनामा दिएर बेलैमा घर बस्ने हो । वहुदलीय व्यवस्थामा मुलुकको वागडोर दलहरु जतिसुकै खराव भए पनि उनीहरुले नै चलाउने हो किनकि उनीहरु जतिसुकै खराव र भ्रष्ट भए पनि जनताले ४ वर्षसम्मका लागि म्यान्डेट दिएकै हुन् । यसरी कसैले अराजकता मच्चायो । घर सम्पत्ति डढाइ दियो र त्रसित पार्ना साथ राजनीति दल भन्दा सत्ता बाहिर गयो भने सधैं यसरी नै सत्ता पाइन्छ भनेर विध्वंश मच्चि नै रहन्छ । मुलुकलाई शान्त बनाउने हो भने असन्तुष्टहरुले पनि दल खोल्ने उनीहरुको आलोचना गरी जनतालाई रुझाएर सत्तामा पुग्ने अवसर दिएकै छ संविधानले । मलाई पनि कांग्रेस र एमालेको काम गराई मन पर्दैन तर के मलाई मन पर्दैन भन्दैमा कानुन र संविधानभन्दा बाहिर गएर लुट,आगजनीमा लागेर सत्ता कव्जा गर्न लाग्नु ?
(९) भ्रष्ट्राचारको अन्त्यः
भ्रष्ट्राचारको अन्त्य गर्ने कुरा केटाकेटीको खेल होइन । मुलुकका हरेक तल्ला माथिल्ला तहमा काम गर्ने व्यक्ति कतै न कतै भ्रष्ट्राचारको गन्धमा मुसिएकै छन् । भ्रष्ट्राचारको जरो खोज्दै जाँदा वर्तमान प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीबाटै थाल्नु पर्दछ । उनले पञ्चायतकालमा विमान अपहरण गरी लगेको ३० लाख रुपैयाँ फिर्ता गराउन स्वयं प्रधानमन्त्री लाग्नु पर्ने हुन्छ । यसबाहेक वर्तमान गृहमन्त्री र पूर्व प्रमं वलीवीच पनि केही न केही लेनदेनका कारण मन्त्री आचार्य असन्तुष्ट भई एमाले त्याग गरेको कुरा आइसकेको छ । वलीबाट के मागेका थिए र नपाएर उनीले एमाले छोडे ? प्रष्टै अनुमान लाउन सकिन्छ । यसरी ०७ साल यताका सबै कर्मचारी राजनीति कर्र्मी सबैको सम्पत्ति छानवीन गरेर भ्रष्ट्राचारी भन्दै सबैलाई वन्दीगृहमा लान यो सरकारले सक्ने हैसियत राख्छ ? राख्दैन । त्यसैले नजाने बाटो नसोध्नु भने झैं वर्तमान असंवैधानिकै सही मन्त्री मण्डलले निर्वाचन बाहेक अन्यत्र आँखा लगाइ रहनु हुँदैन । जसरी भए पनि निर्वाचन गराएर सफल भएको घोषणा गर्दै समयमै वर्हिगमन हुनु उचित हुन्छ ।
अहिले मुलुक गंभीर मोडमा हिंडिरहेकोले वर्तमान सरकारको काम शान्तिपूर्ण रुपमा समन्वय र सहकार्य गर्दै सबैसँग बसेर निकासका लागि वातावरण बनाउनु हो । विनाकामका विवादमा फस्न हुँदैन । एक अर्कालाई आरोप लगाएर पनि काम गर्न सकिन्न । त्यसैले सबैसँग मित्रता सबैसँग सहकार्य आजको अन्तरिम सरकारको
प्राथमिकता हुनु पर्दछ ।