npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

तराईमा हुस्सु र हिमाली तथा पहाडी भेगमा बादल लाग्ने सम्भावना

क्लिकमान्डु 5 hours ago

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

देशका तराई भागमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category