npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मनाङको दुर्गम पालिकाको तीन वडामा आज मंगलबारमात्र निर्वाचन टोली पुग्ने

नवराज पहाडी 13 hours ago

लमजुङ । हिमाली जिल्ला मनाङको दुर्गम भेकका रुपमा परिचित नार्पाभूमि गाउँपालिकाको तीन वटा वडामा खटिएको निर्वाचनको टोली आज मंगलबारमात्र निर्धारित स्थानमा पुग्ने भएका छन् । पाँचवटा वडा रहेको सो पाउँपालिकाको फू गाउँमा रहेको वडानं–४ र ५ मा हिजै सोमबार निर्वाचन टोली पुगेको छ ।

पाँचवटा वडा रहेको नार्पाभूमि गाउँपालिकाको नार गाउँमा वडानं–१, २ र ३ रहेका छन् । ‘मनाङको सबैभन्दा दुर्गम वडा ती तीन वटा हुन्’ नार्पाभूमि गाउँपालिका– १ का वडाध्यक्ष फूर्पा ठेले लामाले बताए । उनका अनुसार गाउँले जनता पनि आउँदैछ, निर्वाचनमा खटिएको टोली पनि आज आइपुग्ने खबर आएको छ । उनले भने, ‘यहाँका तीनवटा वडामा खटिएको निर्वाचनको टोली हिजो नेटा आइपुगेको छ भन्ने खबर छ, सबै आज आइपुग्छ ।’

मौसम सफा रहेको र त्यस्तो समस्या हुने नदेखिएको मनाङका जिल्ला अनुगनम अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार अन्य पालिकाहरूमा खटिएको निर्वाचन टोली सबै ठाउँमा पुगेको छ । उनले भने, ‘जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा गाउँपालिका नार्पाभूमि हो ।’ त्यो गाउँपालिकामा पाँच वटा वडा छन् र मतदान स्थल पनि पाँच वटै छन् । वडानं ४ र ५ मा खटिएको टोली भरखरै निर्धारित स्थलमा पुगेको जानकारी आएको उनको भनाइ छ । बाँकी तीनवटा वडाका लागि खटिएको टोली आज मंगलबार विहान खाना खान आइपुग्छ भन्ने छ उनले उल्लेख गरे ।

नार्पाभूमि गाउँपालिकाका पाँचै वडाको कुल मतदाता संख्या ४८८ रहेको छ मनाङका जिल्ला अनुगनम अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार मौसम ऐलेसम्म ठीक छ, हिउँ पग्ली सकेको छ, बाटो हिड्न कुनै समस्या छैन । निर्वाचनका लागि खटिएको टोलीका लागि लग्नु पर्ने खाद्य ान्न बोकेको टोली पाँचवटै वडामा पुग्यो भन्ने खबर छ मनाङका जिल्ला अनुगनम अधिकृत पौडेल भन्छन् । उनका अनुसार यो समाचार तयार गर्दासम्म आचारसंहिता उल्लंघनको एउटै पनि उजुरी परेको छैन ।

मनाङ जिल्लामा कुल मतदाता संख्या सात हजार रहेको छ । मतदान स्थल २८ वटा रहेका छन् भने एक अस्थायी मतदान केन्द्र रहेको छ । चार गाउँपालिका रहेको मनाङ जिल्लामा नासो र मनाङ निसाङ गाउँपालिकामा ९–९ वटा केन्द्र रहेका छन् । जिल्ला सदरमुकाम रहेको चामे र जिल्लाको दुर्गम भेकमा रहेको नार्पाभूमि गाउँपालिकामा ५–५ वटा मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्र जिल्ला सदरमुकाम चामेमा रहेको जिल्ला अनुगनम अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनाङमा तीन दलहरू नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मंगोल नेसनल अर्गनाइजेसन मात्र चुनावी मैदानमा छन् । नेपाली काँग्रेसबाट टेकप्रसाद गुरुङ उम्मेदवार बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा सुवेदी गुरुङको चुनावी मैदानमा छन् भने मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर गुरुङ उम्मेदवार बनेका छन् ।

The post मनाङको दुर्गम पालिकाको तीन वडामा आज मंगलबारमात्र निर्वाचन टोली पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category