npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

प्रहरीलाई हातपात गरेर मधेस भवनभित्र छिरे लोसपाका प्रदेशसभा सदस्य र कार्यकर्ता

देश सञ्चार 3 weeks ago

जनकपुरधाम- मधेस प्रदेश सरकारको प्रशासनिक भवन मधेश भवनमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा कार्यकर्ताहरु प्रहरीलाई हातपात गरेर भित्र छिरेका छन् ।

प्रहरीले मधेस भवन भित्र छिर्न रोकेपछि केही समय प्रहरी र नेता तथा कार्यकर्ताबीच हात हालाहाल भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरेपछि विरोधमा उत्रेका लोसपाका कार्यकर्ताहरु मधेश भवन छिर्ने क्रममा प्रहरीले रोकेपछि हातपात गर्दै भित्र छिरेका छन् ।

लोसपाकी प्रदेशसभा सदस्य रुपा यादवलगायत नेता तथा कार्यकर्ताहरु हातपात गर्दै भित्र छिरेका छन् । मधेस भवन क्षेत्र निषेधति क्षेत्रको रुपमा रहेपनि रातिदेखि नै मधेस भवन भित्र विरोध प्रदर्शन भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय अगाडि राति लोसपा लगायतका दलका प्रदेशसभा सदस्य तथा नेता, कार्यकर्ताहरु प्रदर्शन गरेका थिए ।

Read more news from देशसञ्चार

Explore by Source or Category