राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । रवि लामिछाने विरुद्धको आरोप पत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दाबी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् ।
सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरूले अध्ययन गरिरहेका छन् । पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।
The post रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....