Clickmandu
ब्रिज सिमेन्टको व्यापार १५ प्रतिशतले बढ्यो, २ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । ब्रिज समेन्टको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १५ प्रतिशतले बढेको हो ।
सन् २०२४ मा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आवमा १ अर्ब ९८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००२ मा स्थापना भएको कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक १२ सय टन क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न इजाजतपत्र छ । कम्पनीमा पाँच जनाको स्वामित्व छ ।
केडिया अर्गनाइजेशनको ५० प्रतिशत स्वामित्व रहेको छ भने बाँकी स्वामित्व शान्त सिमेन्टको छ । शान्त भारतीय कम्पनी हो ।
कम्पनीले ओपीसी सिमेन्ट दुई वटा ब्रान्ड, पीपीसी सिमेन्ट ५ वटा ब्रान्ड र पीएसजी सिमेन्ट एउटा ब्रान्डमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड ५४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड ९९ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले ग्रान्डिङ सिमेन्टसँगै क्लिङ्कर पनि उत्पादन गर्दै आएको छ । कम्पनीले गत आवमा ५० प्रतिशत क्लिङ्कर खरिद गरी आपूर्ति गर्दै आएको छ ।