News of Nepal
भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन
उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको भारतीय सहयोगमा निर्माण गरिएको ३ तले २४ कोठे भवन बिहीबार माघ १ गते उद्घाटन भएको छ ।
भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले नेपाल भारतको सम्बन्ध सदियौँ पुरानो रहेका कारण दुवै देश बिचमा एकापसमा मित्रका रहेकोले विकास निर्माण तथा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ भौतिक पूर्वाधार निर्माण आदि क्षेत्रमा सहयोग भैरहेको छ । यही पुरानो सम्बन्धका कारण भार सरकारले नेपाललाई निरन्तर सहयोग गरिरहेको बताउनु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको भारतीय सहयोगमा निर्माण गरिएको ३ तले २४ कोठे भवन बिहीबार माघ १ गते उद्घाटन गर्दै नगर प्रमुख बस्नेतले सा् कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र भारतीय दुतावासकी द्वितीय सचिव गरिमा नौटियले आज संयुक्त रुपमा नव निर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा प्रमुख अतिथि बस्नेतले भारतीय सरकारको आर्थिक सहयोगमा उदयपुरमा धेरै योजनाहरु बन्दै गरेको, कतिपय पुरा भएको जानकारी दिंदै त्रियुगा नगरपालिकामा बालमन्दिर माध्यमिक विद्यालय,लगायतका अन्य विद्यालय, त्रियुगा नगर अस्पताल, श्रीपुर खानेपानी योजना लगायतका महत्वपूर्ण योजनाहरु संचालन भएको र केही योजनाहरु निकट भविष्य मै सम्पन्न हुन लागेको बताउनु भयो ।

सो कार्यक्रममा भारतीय दुतावासकी द्वितीय सचिव गरिमा नौटियले नेपाल भारत सम्बन्ध सदियौँ पुरानो रहेको छ । दुवै देशको सांस्कृतिक, भाषिक तथा रहन सहनमा समेत समानता रहेकोले एकापसमा आर्थिक , सामाजिक, भौतिक तथा अन्य विविध प्रकारका सहयोगहरु निरन्तर भैरहेको छ ।
भारतीय सरकारको सरहयोगमा नेपालको कोशी प्रदेशमा मात्र ९८ वटा परियोजना संचालनमा रहेको र उदयपुरमा १२ वटा परियोजनाको काम भैरहेको जानकारी दिंदै द्वितीय सचिव गरिमाले नेपामा आपत विपत तथा विभिन्न समयमा विभिन्न प्रकारका आकस्मिक अवस्थामा समेत सहयोग गरिरहेको बताउनु भयो।
सन २०१८ डिसेम्बर ३१ तारिखमा भारतीय दुतावासमा माग प्रक्रिया प्रारम्भ भै सन २०२१ मे ४ मा विद्यालय भवन निर्माणकालागि तत्कालीन अवस्थामा भारतीय दूतावासका द्वितीय सचिव एवम् नियोग उप प्रमुख नामग्यासी खाम्पा, त्रियुगा नगरपालकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरी र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बिचमा त्रिपक्षीय सम्झौता भएको थियो ।
बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक जंग बहादुर खड्काका अनुसार विद्यालय निर्माणकालागि भारतीय दुतावासबाट ४ करोड ८६ लाख ९७ हजार ७ सय ३१ रुपैया ३९ पैसा बजेट स्वीकृत भएको र रामेछापको थापा निर्माण सेवा प्रालिले करिब ३ करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विद्यालय निर्माणका क्रममा मूल्य वृद्धिका कारण पहिलो स्टिमेटको मूल्य कम भएपछि पुनः स्तीमेट गरेर निर्माण कार्य शुरु गरेको जानकारी दिंदै प्रअ खड्काले दूतावासको आर्थिक सहयोगमा २ वटा भवन निर्माण भएको र दुवै भवनमा तीनतला २४ कोठा रहेको बताए ।
सम्झौताका क्रममा भवन निर्माणमा भारतीय दुतावासले ८० प्रतिशत र त्रियुगा नगरपालकाले २० प्रतिशत लागत व्यहोर्ने गरी सम्झौता भएको र २०७८ चैत्र २२ गते भारतीय दूतावासका तत्कालीन नियोग उप प्रमुख नामग्यासी खाम्पा र पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्काद्धारा भएको थियो ।