राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुबास चौलागाईं रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनले भने, ‘टोखा नगरपालिका–७ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित निज चौलागाईँलाई पक्राउ गरिएको हो ।’
प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए।
The post लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....