Clickmandu
मेयर बालेनका बुवाको निधन
क्लिकमान्डु
|
5 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
सोमबार मध्याह्न उनको निधन भएको हो ।
रामनारायणको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले उनलाई अस्पताल पुर्याएका थिए । उनी मधुमेह र पिसाब संक्रमणले बिरामी थिए ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।