npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

किराँतीछापमा छात्र फुटबल सुरु

न्युज अफ नेपाल 6 hours ago

दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित किराँतीछापमा बुधबारबाट तेस्रो जिल्लाब्यापी मावि स्तरीय छात्र वडा अध्यक्ष कप फुटबल प्रतियोगीता– २०८२ सुरु भएको छ ।


भीमेश्वर नगरपालिका वडा नम्बर– को आयोजना तथा बुढा भीमसेन र्सिजनसिल क्लब र भिजन युथ क्लबको व्यवस्थापनमा सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले गर्नु भएको थियो ।

वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, उपमेयर कमला बस्नेत, नेकपा एमाले दोलखाका सल्लाहकार परिषद कमिटीका अध्यक्ष शङकलाल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष बिष्णु श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार सर्मिला बुढाथोकी र खेल संयोजक रवि बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फुटबल प्रतियोगीतामा जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयका १८ वटा टिमको सहभागीता रहेको खेल संयोजक रवि बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा वजेता टिमलाई नगद ७५ हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ४५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष बासु श्रेष्ठले बताउनु भयो । प्रतियोगिता आगामी माघ– ४ गतेसम्म सञ्चालन हुने छ ।

Read more news from News of Nepal

Explore by Source or Category