npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मकर संक्रान्तिमा श्रीराम खिचडीदेखि प्रसाद र न्यानो कपडासम्म वितरण

राजधानी समाचारदाता 2 hours ago

राजविराज । माघी अर्थात मकर संक्रान्तिका अवसरमा विहिवार जिल्लामा विविध कार्यक्रम भएका छन । कसैले घर परिवार मै त कसैले सार्वजनिक कार्यक्रम गरेर तिला, लडडु, तरुल, दही, च्युरा र खिचडी खाने र अरुलाई खुवाएर मकर संक्रान्ति मनाएका छन ।

यसै अवसरमा हिन्दु स्वयसेवक संघ नेपाल सप्तरीले राजविराज स्थित राजदेवी मन्दिरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण लगायतका कार्यक्रम गरी मकर संक्रान्ति पर्वलाई उत्सवका रुपमा मनाएका छन ।

हिन्दु धर्म संस्कृती, संस्कार, परम्परा तथा मुलुकको सर्वाङ्गिण विकास र उन्नतीका लागी विभिन्न गतिवीधी गर्दै आएको सो संस्थाले यसपल्ट मकर संक्रान्तिको अवसरमा महाप्रसाद तथा श्रीराम खिचडी वितरण कार्यक्रमको आयोजना गरेको संस्थाका केन्द्रिय सल्लाहकार भोगेन्द्र झाले बताए ।

यो दिन अज्ञानता रुपी अन्धकारमाथी विजय तथा समाजलाई प्रेरणा रुपी ज्ञानतीर अघि बढाउने दिन समेत भएकाले यसलाई उत्सवको रुपमा मनाउन थालिएको उनको भनाई छ । उत्सवमा भक्तजनका साथै ठूलो संख्यामा साधु, सन्त सहमागी भए ।

यता नेपाल अग्रवाल सभा राजविराजले रामजानकी मन्दिर प्राङ्गनमा भण्डारा कार्यmत्रमको आयोजना गरी गरिब, असहाय, शारिरीक रुपमा अशक्त, साधु सन्त तथा बृद्धबृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण सहित माघे संक्रान्ति पर्व मनाएका छन ।

“मानव सेवा नै इश्वरको सेवा हो” भन्ने सन्देश सहित उक्त कार्यक्रम आयोजना गरीएको नेपाल अग्रवाल सभाले जनाएको छ ।

यस्तै राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिरले पनि मकर संक्रान्तिको अवसर पारेर साधु–सन्तको भेला गराई मिष्ठान भोजन तथा भण्डाराको कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति पर्व मनाएका छन । लामो समय पछि मौसम सफा भएकाले उक्त कार्यक्रमहरुमा भक्तजन तथा साधु–सन्तको उल्लेख्य सहभागिता देखिएको थियो ।

The post मकर संक्रान्तिमा श्रीराम खिचडीदेखि प्रसाद र न्यानो कपडासम्म वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category