npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रभु बैंकका डीसीईओ पोख्रेल र चिफ रिस्क अफिसर श्रेष्ठ पनि पक्राउ

क्लिकमान्डु 13 hours ago

काठमाडौं । प्रभु बैंकका डीसीईओ मणिराम पोख्रेल पनि पक्राउ परेका छन् । आइतबार सीआईबीको टोलीले उनलाई अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

आजै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसमेत पक्राउ परेका छन् ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

यसैगरी प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पनि सीआईबीले पक्राउ गरेको छ । श्रेष्ठ लामो समय कर्जा अधिकृतका रूपमा कार्यरत थिए । बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त एक सातादेखि बिदामा छिन् । बाँकी उच्च व्यवस्थापनका कर्मचारीहरू भने साँझसम्म बैंकमै छन् ।

Read more news from Clickmandu

Explore by Source or Category