आजसम्म कायम शेयरधनीले सुपर मादी हाइड्रोपावरको लाभांश पाउने
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्दैछ। यसको अर्थ आज मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो १६ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सोही सभाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ११ करोड २ लाख ५० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने ५८ लाख २ हजार ६३२ रुपैयाँ नगद लाभांश छन्।
सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद ल्याउने प्रस्तनाव पनि अनुमोदन गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी २ खर्ब २० करोड ५० लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।