npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

उदयपुरमा प्रथम ल्होसार फूड फेस्टिवल हुने

न्युज अफ नेपाल 6 hours ago

उदयपुर ।

उदयपुरको गाईघाटस्थित बरुवा बसपार्कमा माघ ३ गते देखि १० गतेसम्म साताव्यापी रुपमा ल्होसार पर्वका अवसरमा प्रथम उदयपुर ल्होसार फुड फेस्टिवल तथा मिनी मेला २०८२ आयोजना हुने भएको छ ।

तामाङ घेदुङ उदयपुर जिल्ला समन्वय परिषदको आयोजना, तामाङ पत्रकार कोशी प्रदेशको सह आयोजना र त्रियुगा नगरपालिकाको सहकार्यमा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्बत् २८६२ (घोडा पत्रकारवर्ष) सोनाम ल्होसार पर्वका अवसरमा ल्होसार फुड फेस्टिवल तथा मिनी मेला २०८२ को आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उदयपुर जिल्लाका विभिन्न भागमा छरिएर रहेका तामाङ समुदायलाई एकै ठाउँमा भेला गरेर तामाङ जातीको भेष भुष, रहनसहन, खाना परिकार, संस्कार कला,संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ल्होसार फुड फेस्टिवल तथा मिनी मेला २०८२ उदयपुरमा प्रथम पटक आयोजना गर्न लागिएको तामाङ घेदुङ जिल्ला समन्वय परिषद् उदयपुरका अध्यक्ष रविन्द्र तामाङले पत्रकार सम्मेलनमा बताए ।

सो फूड फेस्टिवल तथा मेलामा तामाङ जातीको खाना परिकार र भेषभूषा स्टल, नेवार, थारु, दनुवार लगायतका आदिवासी जनजातीहरुको खाना परिकार गरी ३५ वटा खाना परिकार,राष्ट्रिय तथा स्थानीइ कलाकारहरुको दैनिक प्रस्तुती, स्थनीय पर्यटकीय क्षेत्रहरुको भिडियो प्रदर्शन,विभिन्न प्रकारका खेलहरुसमेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइएके छ ।
मेला माघ ३ गते शनिबारदेखि बिहान १० बजेदेखि राती ९ बजेसम्म संचालन हुनेछ ।

मेलामा टिकट दर न्युनता रु एकसय र सो भन्दा ब९ी पनि हुनेछ । त्रियुगा नगरपालकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्घटन गर्ने सो मेला माघ १० गतेसम्म ७ जना राष्ट्रिय कलाकारहरुको सहभागितामा भव्य र सभ्य रुपले सांगितीक तथा सांस्कृतिक कार्यक्र हुने पत्रकार सम्मेलनमा आयोजक संस्थाका अमित तामाङले बताए ।

Read more news from News of Nepal

Explore by Source or Category