npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

चार महिनामा निर्जीवन बीमकले संकलन गरे १५ अर्ब ८४ करोड बीमाशुल्क, कुनको कति ?

नानु खड्का (निर्जला) 3 hours ago

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल १५ अर्ब ८४ करोड माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ९ लाख ३ हजार ९८ वटा बीमा पोलिसी जारी गरेर १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले १ अबए ७३ करोड बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९२ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले ८६ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

 

Read more news from Insurance Khabar

Explore by Source or Category