npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

तनहुँमा मिनीट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा मृत्यु

देश सञ्चार 3 weeks ago

पोखरा – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बेलचौतरामा मिनीट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ बर्षीया देवी तिवारी पौडेल रहेकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित दुलेगौंडाबाट खैरनीटारतर्फ जादै गरेको ग १ ज १८४५ नम्बरको मिनीट्रकले ठक्कर दिएको हो । सडक पार गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ । घाइते पौडेलको उद्धार गरेर उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Read more news from देशसञ्चार

Explore by Source or Category