npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

प्रदेय को १५ औं अङ्क सार्वजनिक

न्युज अफ नेपाल 11 hours ago

दोलखा। 

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक वर्ष माघ– १ गते माघे सङ्क्रान्तिको दिन प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका प्रदेय को १५ औँ अङ्क सार्वजनिक भएको छ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले बिहीबार प्रदेयको १५ औँ अङ्क सार्वजनिक गर्नु भएको हो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै मेलुङ गाउँपालिका अध्यक्ष थोकरले साहित्यको विशिष्ट महत्त्व रहेको भएपनि पछिल्लो समय साहित्यिक गतिविधि घट्दै गएको बताउनु भयो । अध्यक्ष थोकरले साहित्यले समाजको विकासमा राम्रो टेवा पुग्नसक्ने भएकोले यसको प्रवर्धनको लागि स्थानीय तहहरुले समेत सहयोग गर्नुपर्ने बताउनु भयो । 

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा सम्पन्न प्रदेय सार्वजनिक कार्यक्रममा नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, प्रगतिशिल लेखक संघ दोलखाका अध्यक्ष तारा विएम र साहित्यकार सुशीला शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

एक सय २८ पेज रहेको प्रदेयको १५ औँ अङ्कमा ४३ जना साहित्यकारहरुको विभिन्न लेख– रचना समेटिएको छ । 

विपन्न बालबालिकालाई सहयोग

कार्यक्रमको अवसरमा साहित्यकार एवम् समाजसेवी सम्राट् चौलागाईले समाजसेवी ऋषि न्यौपानेको सहयोगमा सङ्कलन गरेको पाँच हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा दुई विपन्न बालबालिकालाई वितरण गरिएको थियो ।

अपाङ्गता भएका विपन्न गोपाल थामीको दुई छोरा– छोरी कुशल र निर्जला थामीको लागि साहित्यकार सम्राट् चौलागाईले समाजसेवी ऋषि न्यौपानेको सहयोगमा विभिन्न व्यक्तसंग सहकार्य गरी खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएका हुन् । ती सामग्रीहरु मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले गोपाल थामीलाई हस्तान्तरण गर्नु भएको थियो ।  

Read more news from News of Nepal

Explore by Source or Category