Clickmandu
बैंकहरुलाई शाखा बन्द गर्ने बाटो खुल्यो, महानगरभित्रका शाखा समायोजन गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
विद्युतीय कारोबार बढ्दै गएकोले महानगर क्षेत्रमा धेरै शाखा रहेका बैंकहरुले नजिकको शाखा एक आपसमा एकीकरण वा समायोजन गर्ने बाटो केन्द्रीय बैंकले खोलिदिएको हो । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले नै निर्णय गर्नसक्ने उल्लेख छ ।
‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।