Clickmandu
बालेनका बुबाको शव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो पशुपतिमा राखिने
क्लिकमान्डु
|
7 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबाको शव आज अन्त्येष्टी गरिने भएको छ ।
बालेनका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उपचारका क्रममा रामनारायणको दिउँसो १२:२० बजे ७७ वर्षको उमेरमा निधन भएको हो ।
रामनारायणको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३:१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।