आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
नानु खड्का (निर्जला)
|
4 hours ago
काठमाडौं । नेप्से परिसूचक ४ दशमलव २८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
