npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

ओली निकट महाधिवेशन प्रतिनिधि धेरै चुनिएपछि ईश्वर पोखरेललाई तनाव

अनलाइन टीभी 18 hours ago

काठमाडौं । एमालेको ११औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको छ । शनिबार महाधिवेशन छनोटका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो । अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । केही जिल्लामा मतदान भएको थियो । आइतबार बेलुकासम्म सबै जिल्लाका महाधिवेशन प्रतिनिधिको पिक्चर क्लियर भइसक्ने छ ।

अहिलेसम्म महाधिवेशन प्रतिनिधिको अनुहार हेर्दा एमाले अध्यक्ष केपी ओली तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित देखिएको छ । देशभरबाट ७५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि ओली पक्षका छनोट भएका आएका छन् । बाँकी ईश्वर पोखरेल निकटका प्रतिनिधि छन् । अहिले आएका महाधिवेशन प्रतिनिधिको संख्या हेर्दा पोखरेललाई अध्यक्षमा उम्मेदवारी घोषणा निकै महँगो पर्ने निश्चित छ ।

त्यसै पनि पोखरेल एमालेको सक्रिय राजनीतिबाट किनारा लाग्ने अवस्थामा पुगिसकेका छन् । किनभने उनी सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष बनिसकेका छन् । अब लड्ने भनेको अध्यक्षमा मात्रै हो । ओलीको अगाडि पोखरेलको राजनीतिक उचाइ सानो भएको भन्दै उनी पक्षका धेरै प्रतिनिधि निर्वाचनमा पराजित भए ।

मंसिर २७ देखि २९ गतेसम्मको महाधिवेशनमा कूल २ हजार १ सय २७ प्रतिनिधि सहभागी हुँदैछन् । तिनमा भूगोलबाट निर्वाचित हुनेको संख्या १,१३५ मात्रै छ । जुन कूल संख्याको ५३ प्रतिशत हो । बाँकी ९९२ जना प्रतिनिधि अर्थात् करिब ४७ प्रतिशत हिस्सा केन्द्रीय कमिटी,विभिन्न आयोग, विभाग,जनसंगठन र मनोनयनजस्ता गैरभौगोलिक संरचनाबाट आउँदैछन् । यसैबाट महाधिवेशनलाई नियन्त्रण गरेर जित निकाल्ने रणनीति ओलीको छ । ओलीको यो कदमले कार्यकर्ताको अभिमतलाई कमजोर पार्ने अनुमान छ ।

सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि संरचनासँग तुलना गर्दा ११औँमा ओलीले भूगोललाई निकै कमजोर बनाइदिएका छन् । ओलीलाई टक्कर दिन लागेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भूगोलबाटै धक्का दिन सक्थे । तर भूगोललाई कमजोर पारेर विभाग र जनसंगठनको बलमा जित्ने रणनीति तयार गरिएको प्रष्ट छ । दशौँ महाधिवेशनमा जम्मा २,१७५ प्रतिनिधि थिए । तिनमा १,५६२ जना अर्थात् करिब ७२ प्रतिशत प्रतिनिधि भूगोलका थिए ।

दशौँ महाधिवेशनमा जम्मा २,१७५ प्रतिनिधि थिए । तिनमा १,५६२ जना अर्थात् करिब ७२ प्रतिशत प्रतिनिधि भूगोलका थिए । उक्त महाधिवेशनमा केन्द्रीय कमिटी र माथिल्ला संरचनाबाट ६१३ अर्थात् २८ प्रतिशत मात्रै प्रतिनिधि आउँथे । यो महाधिवेशनमा आफूलाई चुनौती दिनेलाई कमजोर बनान भूगोलबाट आउनेको संख्या ४२७ ले घटाइएको छ । उक्त महाधिवेशनमा केन्द्रीय कमिटी र माथिल्ला संरचनाबाट ६१३ अर्थात् २८ प्रतिशत मात्रै प्रतिनिधि आउँथे । यो महाधिवेशनमा आफूलाई चुनौती दिनेलाई कमजोर बनाउन भूगोलबाट आउनेको संख्या ४२७ ले घटाइएको छ । यता गैर—भूगोलको संख्या ३७९ ले वृद्धि गरिएको छ। यति हुँदा पनि ओली पक्षले कम्तीमा आधा दर्जन बढी जिल्लामा तलमाथि गर्न भ्याएको देखिन्छ ।

भूगोलका प्रतिनिधि घटाएर कार्यकर्ताको प्रत्यक्ष मतलाई कमजोर बनाइसकेपछिओली पक्षले नेतृत्वको रोजाईकाहरूको संख्या बढाएर नतिजा आफ्नो पक्षमा पार्न जोडबल गरेको छ। ओलीनिकट नेताहरूले यस पटकको महाधिवेशनमा १५ सयभन्दा कम प्रतिनिधि बनाउनुपर्ने भनेका थिए । थोरै महाधिवेशन प्रतिनिधि छनोट गरेर चुनाव जित्ने र इतर पक्षलाई पार्टी राजनीतिबाट साइड लगाउने रणनीति बलियो बन्दै गएको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category