npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

एमालेले पोखरामा हुने कार्यक्रम भाँड्न खोजेको सुधन गुरुङको आरोप

अनलाइन टीभी 1 hour ago

काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले एमालेले आफ्नो पोखराको कार्यक्रम भाँड्न खोजेको आरोप लगाएका छन् ।

गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत आफूहरू पोखरा आउने खबर पाएपछि कार्यक्रम बिथोल्ने प्रयास भइरहेको दाबी गरेका हुन्। उनले पोखरामा जेनजीको संगठन विस्तार र आमनागरिकसँग भेटघाटका लागि आफूहरू निस्किएको जानकारी दिएका छन्।

‘पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ,’ उनले भनेका छन् ।

विपक्षीहरूको अवरोधले आफ्नो अभियान नरोकिने उनले स्पष्ट पारेका छन्। विगतमा पनि देशका लागि लडेर आएको स्मरण गराउँदै गुरुङले कसैसँग सामना गर्न आफूहरू पछि नहट्ने चेतावनी दिए। ‘हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले भनेका छन्, ‘हामी सधैं सत्य र देशको पक्ष उभिन्छौँ ।’

गुरुङ जहाँ जान्छन् त्यहाँ एउटा न एउटा लफडा परेकै हुन्छ । काठमाडौंमा पनि उनका विषयमा व्यापक आलोचना भइरहन्छ । यतिबेला उनी गृहमन्त्री ओमप्रकाश अर्याल हटाउनुपर्ने अभियानमा लागेका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category