npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सङ्खुवासभामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक

भविन कार्की 6 hours ago

सङ्खुवासभा । सङ्खुवासभा चैनपुर नगरपालिका –१ गुफापोखरीमा निर्वाचन सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणका लागि अन्तर जिल्ला सुरक्षा अधिकारीबीच संयुक्त छलफल भएको छ ।

गुफापोखरीमा बसेको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र आपराधिक गतिविधि,शान्ति–सुरक्षाका विषयमा सीमावर्ती तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच छलफल भएको हो ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न तीन वटै जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको हो ।

सङ्खुवासभा, तेह्रथुम र ताप्लेजङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहभागी रहेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि अपनाउनुपर्ने रणनीतिका एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको हो ।

अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले जनजी आन्दोलनका समयमा फरार कैदी, हतियार नियन्त्रणका लागि एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

प्रतिनिधिसभा निर्वाचन र तीन जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन् ।

ताप्लेजुङ र सङ्खुवासभा उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएका छन् भने तेह्रथुम जिल्ला तराईसँग सिमाना जोडिएको छैन ।

The post सङ्खुवासभामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category