npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

जुनियर विश्व ब्याडमिन्टन वरियताको ‘नम्बर १’ प्रिन्स दाहाल

न्युज अफ नेपाल 11 hours ago

नेपालको सुदूरपश्चिमको भूगोल दार्चुला, जहाँका पहाडहरूले संघर्षको गीत गाउँछन्, त्यहीँको एउटा सानो बालकले हातमा ¥याकेट समात्दा कसैले सोचेको पनि थिएन कि त्यो काँधले एकदिन विश्व ब्याडमिन्टन जगत्मा धाक जमाउनेछ भनेर । सन् २००४ मा जन्मिएका प्रिन्स दाहाल आज २२ वर्षको ऊर्जावान् बैँसमा छन् । उमेर सानै भए पनि उनको जीवनयात्रा कुनै फिल्मी पर्दाको काल्पनिक महानायकको भन्दा कम रोमाञ्चक र प्रेरणादायी भने छैन । उनले हासिल गरेको मुकाम केवल एक खेलाडीको सफलताको मानक मात्र होइन, यो त आफ्नो सपना लागि रगत र पसिना बगाउने अथक योद्धाको गाथा पनि हो । दैलेखको पुख्र्यौली विरासत र ललितपुरको नख्खुका साँघुरा गल्लीहरूबाट सुरु भएको उनको यात्रा पेरिस ओलम्पिकको भव्य मञ्चसम्म पुगिसकेको छ । प्रिन्सले यदि आँखामा सपना र मुटुमा साहस छ भने भूगोलले कहिल्यै सफलताको उचाइ रोक्न सक्दैन भन्ने तथ्यलाई विश्वसामु प्रमाणित गरिदिएका छन् । उनी नेपाली खेलकुद इतिहासका ती दुर्लभ र चम्किला तारा हुन्, जसले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ‘नम्बर १’ को सर्वोच्च सिंहासनमा आसिन भएर नेपालको चन्द्र–सूर्य अंकित झन्डालाई सगरमाथा झैं अग्लो बनाउने सौभाग्य प्राप्त गरे ।

ब्याडमिन्टन प्रिन्सका लागि केवल एउटा खेलप्रतिको रहर मात्र होइन, यो त उनको नसा–नसामा बगेको एउटा सुन्दर जिद्दी र जीवन जिउने आधार पनि हो । आफ्ना पिता नारायण दाहाल, जो स्वयं एक जुझारु खेलाडी थिए, उनैले छोराको बाल्यकालमै कलिलो हातमा पहिलो पटक ¥याकेट थमाइदिँदा नेपाली ब्याडमिन्टनको एउटा नयाँ र स्वर्णिम इतिहासको बीउ रोपिएको थियो । बुबाको कडा अनुशासन र आमाको मूक प्रार्थनाको छहारीमा हुर्किएका प्रिन्सले सुदूरका विकट पहाडहरूदेखि काठमाडौँको कोलाहलपूर्ण सहरसम्मको दूरी पार गर्दा जीवनका धेरै अभाव र चुनौतीहरूलाई पछाडि पारे । दीपेन्द्र प्रहरी स्कुलको त्यो अनुशासित बोर्डिङ विद्यालय जीवन, जहाँ उनले घरको न्यास्रो र परिवारको सामीप्यतालाई खेलको भोकमा बदल्ने कला सिके । त्यहीँबाट उनको बायाँहाते जादुमयी प्रहारले एसियाली प्रतिद्वन्द्वीहरूको होसहवास उडाउन थालेको थियो । पुष्पलाल र कृष्ण मोहन मेमोरियल जस्ता दर्जनौं प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरू त केवल उनको खेल जीवनको आगमनको शंखघोष मात्र थिए । उनले त कलिलो उमेरमै सिनियर खेलाडीहरूसँग निर्धक्क भएर कोर्टमा उत्रिएर “म यहाँ खेल्न मात्र होइन, राज गर्न आएको हुँ” भन्ने स्पष्ट र ओजपूर्ण सन्देश दिइसकेका थिए ।

जब दुबई जुनियर इन्टरनेशनल सिरिजमा उनले यू–१५ र यू–१९ जस्ता दुवै कठिन विधामा स्वर्ण पदक जितेर इतिहास रचे, तब मात्र विश्व खेल जगत्ले पहिलो पटक एउटा नेपाली किशोरको मुड्कीमा लुकेको अदम्य शक्ति र प्रतिभालाई गम्भीरतापूर्वक महसुस ग¥यो । तर, नेपाली खेलकुदको इतिहासमा सबैभन्दा सुनौलो र ऐतिहासिक अक्षर त तब लेखियो जब विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को जुनियर विश्व वरियतामा प्रिन्स दाहालको नाम पहिलो स्थानमा अंकित भयो । सन् २०२२ को जनवरीमा १०,४०० भन्दा बढी अंकका साथ विश्व जुनियर ब्याडमिन्टनको शिखरमा उक्लिनु भनेको केवल एउटा प्राविधिक वरियता मात्र थिएन, त्यो त पर्याप्त स्रोत र अत्याधुनिक साधन नभए पनि यदि दृढ संकल्प र समर्पण छ भने सर्वश्रेष्ठ हुन सक्छौँ भन्ने संसारका शक्तिशाली र सम्पन्न मुलुकहरूलाई नेपालको तर्फबाट दिइएको एउटा अदम्य साहसले भरिपूर्ण सन्देश थियो । तर, प्रिन्स यतिमै सन्तुष्ट भएर रोकिनेवाला स्वभावका थिएनन् । विश्व जुनियर ब्याडमिन्टनको राजा भएर पनि सिनियर विधामा फेरि सुरुवातबाट संघर्ष सुरु गर्नुपर्ने त्यो कठोर र निर्मम यथार्थलाई उनले मुस्कानका साथ स्वीकार गरे । किनकि उनले राम्ररी बुझेका थिए कि शिखरमा पुग्नुभन्दा त्यहाँ टिकिरहनु र नयाँ–नयाँ उचाइहरू खोज्नु अझ कठिन र चुनौतीपूर्ण यात्रा हो भनेर ।

विश्वविद्यालय कोटाबाट नेपालको गौरवपूर्ण प्रतिनिधित्व गर्दै पेरिस ओलम्पिक २०२४ को त्यो भव्य र ऐतिहासिक मञ्चमा जब प्रिन्स दाहाल नेपाली झन्डा बोकेर उभिए, तब संसारभर रहेका हरेक नेपालीको छाती गर्वले चौडा भएको थियो । विश्वका दिग्गज महारथीहरूसँग नेटको वारपार कडा प्रतिस्पर्धा गर्दा उनले केवल प्राविधिक अंक मात्र जोडेनन्, बरू उनले नेपाली खेलकुदको आगामी भविष्यका लागि एउटा फराकिलो र स्पष्ट राजमार्ग कोर्ने काम गरे । यद्यपि, यो सफलताको बाहिरी चमकधमक र तालिका गडगडाहट पछाडि संघर्ष र पीडाले भरिएको एउटा अर्को तितो पाटो पनि लुकेको छ । वर्षमा कम्तीमा १०–१२ वटा अन्तर्राष्ट्रिय खेलहरू खेल्नुपर्ने प्राविधिक बाध्यता, तर राज्यको ढुकुटीबाट एउटै प्रतियोगिताको पनि खर्च जुटाउन धौ–धौ पर्ने नेपाली खेलकुदको यथार्थका बीच प्रिन्सले आफ्नो सपनालाई आफैँले सिञ्चित गरिरहे । विदेश यात्राको टिकटदेखि लिएर उच्चस्तरीय तालिमको महँगो शुल्कसम्मका लागि उनले र उनको परिवारले गरेका त्याग र बलिदानहरू शब्दमा वर्णन गर्न नसकिने खालका छन् । उनले सामाजिक सञ्जाललाई केवल सस्तो मनोरञ्जनका लागि मात्र होइन, बरु आफूलाई माया गर्ने र खेल बुझ्ने दर्शकहरूले उनको यो राष्ट्रिय महाअभियानमा साथ दिन सकून् भनेर आफ्नो सपना बचाउने एउटा डिजिटल हतियारको रूपमा समेत प्रयोग गरे, जसले धेरैको मन जित्यो ।

अहिले उनी आफ्नो खेल कौशललाई अझै तिखार्नका लागि दक्षिण कोरियाको बुल्स क्लब जस्ता अत्यन्तै कठोर र स्तरीय प्रशिक्षण केन्द्रहरूमा म्यानेजर कमलेश निरौला र प्रशिक्षक सुदिप योञ्जनको प्रशिक्षणमा दिनरात पसिना बगाइरहेका छन् । नेपाल ओलम्पिक कमिटीले आगामी ओलम्पिकसम्मका लागि प्रदान गरेको मासिक १ हजार १ सय २५ अमेरिकी डलरको छात्रवृत्तिले उनको आर्थिक भारमा केही राहत दिएको छ । उनको अर्जुनदृष्टि अहिले २०२८ को लस एन्जलस ओलम्पिकको पदक जित्नेमा स्थिर छ । उनी अब केवल सहभागी हुन वा अनुभव बटुल्नका लागि मात्र नभएर, विश्व खेलकुदको इतिहासमा नेपालको नाम स्वर्ण पदकका साथ दर्ता गराउने दृढ लक्ष्यका साथ अगाडि बढिरहेका छन् । प्रिन्स दाहाल आज केवल एक प्रतिभावान खेलाडी मात्र होइनन्, उनी अवसरको खोजीमा रहेका र कतिपय अवस्थामा निराशामा डुबेका तमाम नेपाली युवाहरूका लागि एउटा जल्दाबल्दा ‘प्रेरणा’ र ’आइकन’ हुन् ।

सुदूरको त्यो सामान्य बालक जसले हातमा सानो ¥याकेट समातेर विश्व जित्ने ठूलो आँट ग¥यो, उसले आजको पुस्तालाई सिकाएको छ कि अभाव वा भूगोलले सपना देख्न र त्यसलाई पूरा गर्न कहिल्यै रोक्दैन । उनको हातमा रहेको त्यो ¥याकेटले केवल सटलककलाई मात्र प्रहार गर्दैन, त्यसले त समाजमा रहेका असम्भव भनिएका मानसिक पर्खालहरू र असफलताका डरहरूलाई पनि जरैदेखि उखेलेको छ । प्रिन्सको यो महायात्रा त भर्खर सुरु मात्र भएको छ, र यो अडिग यात्राले भोलि विश्व खेलकुदको इतिहासका पानामा अझै कयौँ स्वर्णिम अध्यायहरू थप्ने कुरामा कुनै सन्देह छैन ।

प्रिन्स दाहालले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा प्राप्त गरेका केही पदकहरू :

Read more news from News of Nepal

Explore by Source or Category