npl.977 Nepal News Stream

नेपालीपोष्ट logo नेपालीपोष्ट

ऊ यस्तो नेता 

राकेश कार्की/लस एन्जेलस 1 month ago
ऊ यस्तो नेता
कहिले मन्त्री क्वाटरमा
कहिले कारागारमा
मन्त्री छउन्जेल
सबैले नै नमस्ते गर्छन
मान मर्यादा गर्छन
कारागारमा रहँदा
गाली बेइज्जती गर्छन
हत्कडी लगाइ पाता कस्छन्न
ऊ यस्तो नेता
कहिले जनता माझ
कहिले पुलिस माझ
जनता माझ हुँदा
ऊ हाँस्दा ताली पिटेर संगै
जमात नै गललल हाँसीरहन्छन्
पुलिस माझ हुँदा
ऊ मात्र एक्लै रूँदा
ऊ संगै आँसु बगाउने कोही हुदैन
ऊ यस्तो नेता
मन्त्री हुँदा कारागार पुग्ने चिन्ता
कारागारमा हुँदा मन्त्री क्वाटरको सम्झना ।।
Read more news from नेपालीपोष्ट

Explore by Source or Category