प्राकृतिक विपत्तिबाट प्रभावित उद्योगी-व्यवसायीलाई राहात, राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था
जयराम गौतम
|
2 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपत्तिबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहात हुने व्यवस्था ल्याएको छ।
केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उद्योगी–व्यवसायीलाई राहात हुने व्यवस्था ल्याएको हो।
समीक्षामार्फत हालैको बाढीपहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम–व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकका लागि पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने प्रावधान ल्याइएको छ।